Erani Mahal
सवारीले ठक्कर दिएर ज्यान लिए जन्मकैद
1552052385tipper

काठमाडौं । प्रदेश १ सरकारले जानाजान सवारीले किचेर वा ठक्कर दिएर ज्यान लिए जन्मकैदसम्म सजाय प्रस्ताव पेश गर्दै प्रदेश सभामा विधेयक लगेको छ ।

अन्य प्रदेशका सवारी प्रवेश गरेको २४ घण्टाभित्रै प्रहरीमा जानकारी दिनुपर्ने र तिनलाई बढीमा ६ महीनामात्र यहाँ चलाउन अनुमति दिने सरकारको प्रस्ताव छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले बिहिबारको बैठकमा प्रदेश सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ टेबल गरेका हुन् ।

उनले अनुशासित र व्यवस्थित तरिकारले सवारी सञ्चालन गर्न र दुर्घटना न्यूनीकरण गराउन विधेयकले मद्दत गर्ने बतानुभयाे ।

याे समाचार कान्तिपुर दैनिकमा देवनारायण साहले लेखेका छन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०७६  ०९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update