Erani Mahal
सहकारी संस्थाका सदस्यहरूलाई तालिम
69805568_701381443606506_897270804742406144_n

पाल्पा - माथागढी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड चिदीपानीले आफ्ना शेयर सदस्यहरुलाइ सहकारी शिक्षा तथा तालिम दिएको छ। कृषि पशुपालन ब्यवसायमा सहकारीको भूमिका र सकारात्मक सोच सम्बन्धि तालिम संचालन गरिएको हो ।

कार्यक्रममा प्रशिक्षकको रुपमा घनराज अधिकारी रहनुभएको थियो । कार्यक्रमले सहकारीका सदस्यहरुमा सकारात्मक भाब पैदा गर्ने जसले निम्न आय भएका सदस्यहरुमा आर्थिक स्तर उकास्नमा उत्प्रेरणा प्रदान गर्ने सहकारी संस्थाका अध्यक्ष राजकुमार पन्थीले बिश्वास ब्यक्त गर्नुभयो ।

कृषि पशुपालन ब्यवसायले मात्र समाजको आर्थिक रुपान्तरण सम्भब रहेको उल्लेख गर्दै पन्थीले भन्नुभयो-बचत तथा ऋणको कारोबार गर्दै राज्यले कृषि र पशुपालन लक्षित अनुदान कार्यक्रम लिन सहजताको निम्ति सबै सहकारीमा आबद्ध हुनुपर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा करिब १०० जना शेयर सदस्यलाइ तालीम दिएको थियो । संस्थाका अध्यक्ष राजकुमार पन्थीको अध्यक्षता टोपला पान्डेको स्वागत गङ्गा रेग्मीको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति: सोमबार, भदौ ९, २०७६  २०:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update