Erani Mahal
मौलिकता संरक्षण गर्न नगरपालिकाले तीजगीत कार्यक्रम गर्ने
69452541_2374547095992026_8339354504755412992_n

पाल्पा - रामपुर नगरपालिकाले महिलाहरुको महान् पर्व तिजको अबसरमा खुल्ला तिजगीत कार्यक्रम गर्ने भएको छ । ‘प्रथम उपमेयर खुला तिजगीत कार्यक्रम’ आयोजना गरिएको रामपुर नगरपालिकाकी उपप्रमुख बिष्णुदेवी आचार्य घिमिरेले जानकारी दिनुभयो ।

तीजको मौलिकतालाई संरक्षण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको उपप्रमुख आचार्यले बताउनुभयो । कार्यक्रम तयारीका लागि कार्यपालिका सदस्यहरुलाई विभिन्न जिम्मेवारी दिइएको छ । पहिलो पटक नगरपालिकाले नगरका सबै दिदीबहिनीलाई हौसला प्रदान गर्ने गरि मौलिकता जोगाउन र सक्षम तथा समृद्ध नगर निर्माण गर्ने अभिप्रायले कार्यक्रम राखेकाले नगरका सबै क्षेत्रका महिलादिदीबहिनीलाई कार्यक्रममा भाग लिन र सहभागी भएर हौसला दिन उपप्रमुख आचार्यले आग्रह गर्नुभयो ।

फाइल तस्विर । इरानीमहल ।

सोही अबसरमा समाजमा राम्रो सन्देश जगाउनेलाई सम्मान कार्यक्रम पनि राखिएको छ । यसबिच रामपुर नगरपालिकाको मुख्य केन्द्र बेझाँडको सभा मञ्चमा नेपाली काग्रेंस निकट नेपाल महिला संघ, नेकपा निकट अखिल नेपाल महिला संघले पनि कार्यक्रम गर्नेछन् ।

त्यस्तै रामपुरमा किसानबारी बजार व्यवस्थापन समिति, तिलकपुर बजार व्यवस्थापन समिति, विजयपुर बजार व्यवस्थापन समिति, रजघरा बजार व्यवस्थापन समिति लगायत विभिन्न संघसंस्थाले पनि विगतदेखि नै तिजगीत प्रतियोगिता गर्दै आएका छन् । रामपुर क्षेत्रमा तिजगीत प्रतियोगिता तथा दर खाने, नाच्ने कार्यक्रम केही सातादेखि चलिरहेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ९, २०७६  १३:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update