Erani Mahal
पाल्पा रामपुरको चेनडाँडामा रहेको एनसेल टावरमा आगजनी
tower_1HVtyTEEUX

पाल्पा – रामपुर नगरपालिका–१, को चेनडाँडामा रहेको एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको छ । शनिबार राति अज्ञात समूहले जुटको बोरा, मट्टितेल, मोबिल प्रयोग गरी एनसेलको टावरमा आगजनी गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।


आगजनीबाट टावरको बिटिएस क्याविनेटका तारहरु पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगजनी कसले किन गराएको हो त्यस विषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । यसअघि पनि अज्ञात समूहले उक्त स्थानमा रहेको एनसेलको टावरमा आगजनी गरेको थियो ।

प्रतिनिधि तस्विर : गुगल ।
प्रकाशित मिति: आइतबार, भदौ ८, २०७६  १७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update