Erani Mahal
बुद्धको मुर्ति तोडफोडमा संलग्नलाई कानूनी दायरामा ल्याउन माग
2222

बुटवल – राष्ट्रिय जनमुक्ति पार्टीले बुद्धको मूर्ति तोडफोड घटनाबारे सत्यतथ्य छानविनका लागि समिति गठन गर्न माग गरेको छ । मुर्ति तोडफोड भएको एक महिना बितिसक्दा समेत तोडफोडमा संलग्नलाई कानूनी दायरामा नल्याएको भन्दै पार्टीका उपमहासचिव टोप अस्लामीले एआईजीको नेतृत्वमा छानबिन टोली गठन गर्न माग गर्नुभयो ।

पार्टीका विदेश विभाग प्रमुखसमेत रहेका अस्लामीले बुद्धका वुद्धको नाम र फोटोबाट आयआर्जन गर्ने सरकारले तोडफोडमा संलग्नलाई कानूनी दायरामा ल्याउन तदारुकता नदेखाउनु दुर्भाग्यपूर्ण भएको बताउनुभयो ।

मणिग्राममा सोमबार भएको बिरोधसभालाई राष्ट्रिय पार्टीका रुपन्देही अध्यक्ष प्रेमबहादुर थापाले सत्यतथ्य छानविन नभएसम्म पार्टीले आन्दोलन जारी राख्ने बताउनुभयो ।

राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देहीले सिद्धार्थ राजमार्गमा सुतेर बिरोध जनाउदा केहीबेर सिद्धार्थ राजमार्गको बुटवल–बेलहिया खण्डमा सवारी आवागमन समेत अवरुद्ध भएको थियो । एक महिना अघि बुद्धको मुर्ति तोडफोड भएको थियो ।

प्रकाशित मिति: सोमबार, भदौ २, २०७६  २१:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update