Erani Mahal
कम्प्युटर एशोसिएशन महासंघ पाल्पाको तेस्रो अधिवेशन सम्पन्न
News-Palpa-1

पाल्पा – कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघ, पाल्पाको तेस्रो अधिवेशन तथा पाँचौ साधारणशभा सोमबार सम्पन्न भएको छ । अधिवेशन उद्घाटन सभाका प्रमुख आमन्त्रित व्यक्ति तानसेन नगरपालिकाका नगरप्रमुख अशोककुमार शाहीले युवापुस्ताहरू प्रविधिको सन्तुलित प्रयोग गरी सिर्जनसील बन्नुपर्ने बताउनुभयो । उहाँले प्रविधिको सकारात्मक प्रयोगको बारेमा बालबालिकालाहरूलाई सचेतीकरण गर्दै प्रविधिलाई व्यवसायिकता र सिर्जसिलतासँग जोड्नुपर्नेमा जोड दिनुभयो । नगरप्रमुख शाहीले क्यान पाल्पाको इतिहास छोटो भएपनि धेरै उदाहरणीय कार्यहरू भएकोमा प्रसंशा व्यक्त गर्नुभयो ।


पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले स्थानीय क्षेत्रमा रोजगारी सिर्जना गर्नमा आइटी व्यवसायीहरू अग्रसर बन्नुपर्ने बताउनुभयो । उहाँले प्रविधिलाई व्यवसायीकतासँग जोड्नुपर्नेमा जोड दिनुभयो । पाल्पा व्यापार संघका अध्यक्ष चिरञ्जीवि पोखरेलले सूचना प्रविधि धेरैको चासोको विषय भएकाले सूचना प्रविधिलाई सही दृष्टीकोणमा अगाडि बढाउनुपर्ने बताउनुभयो । क्यान महासंघ प्रदेश नं. ५ का सह–सचीव एव्म संस्थापक अध्यक्ष भोजराज भट्टराईले सूचना प्रविधिको विकासले भौतिक विकास र सामाजिक समृद्धिलाई टेवा पु¥याउने भएकोले प्रविधिलाई समयसापेक्ष बनाउनुपर्ने बताउनुभयो ।


यसैबीच क्यानको तेस्रो अधिवेशनले अर्जुन घिमिरेको अध्यक्षता ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको निवर्तमान अध्यक्षमा महेश शर्मा, उपाध्यक्ष अम्बिका भट्टराई, सचिवमा पुण्य सुवेदी, सह–सचिवमा महेन्द्रकुमार पोखरेल र कोषाध्यक्षमा सुनिता शर्मा चयन भएका छन् । यस्तैगरी सदस्यहरूमा रोशनीमाला बज्राचार्य, बुद्धिराज भट्टराई, प्रकाश गैरे रहनुभएको छ । समितिमा २ सदस्य पछि मनोनयन गरिने जनाइएको छ ।


नवनिर्वाचित सदस्यलाई शुभकामना व्यक्त गर्दै क्यान महासंघ प्रदेश नं. ५ का अध्यक्ष धुव्रराज शर्मा सुदिपले क्यान महासंघले सूचना तथा प्रविधि क्षेत्रको विकासमा प्रेरक काम गर्नुपर्नेमा जोड दिनुभयो । निर्वाचन संयोजक नारायण ज्ञवालीले संस्थागत विकासका लागि सहकार्यलाई ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

निवर्तमान अध्यक्ष महेश शर्माले संस्थागत विकास र पाल्पाली सूचना प्रविधिको क्षेत्रमा मिलेर अगाडि बढ्नेमा जोड दिनुभयो । नव निर्वाचित अध्यक्ष अर्जुन घिमिरेले संस्थागत विकासका लागि सल्लाहकार र कार्यसमितिको परामर्शबाट अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । बन्दसत्र पछिको कार्यक्रमको सञ्चालन नवनिर्वाचित सचिव पुण्य सुवेदीले गर्नुभएको थियो ।

प्रकाशित मिति: सोमबार, भदौ २, २०७६  २१:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update