Erani Mahal
तानसेनमा दिउँशै बाघ देखिएपछि ....
IMG_8558-1

सुनिल कार्की, तानसेन - पाल्पामा पछिल्लो समय लोप हुने अवस्थामा पुगेको बाघ जात्रा तानसेनमा आइतबार देखाइएको छ । परापूर्वकालमा बाघको आतंकले तानसेनबासी आजित भएको र बाघलाई मनाउन बाघ जात्रा निकाल्ने प्रचलन रहेको जात्रा आयोजक किरण चित्रकारले बताउनुभयो । केही समय अघिसम्म उत्सवको रुपमा निकालिने बाघ जात्रा पछिल्लो वर्ष भने पर्व धान्नको लागि मात्र भए पनि देखाउने गरेको चित्रकारले बताउनुभयो ।


बाघ जात्राको अवसरमा तानसेनको बजारमा बाघका आकृति सहितका किशोर तथा युवाले बाजा बजाएर बजार परिक्रमा गरेका थिए । प्रत्येक वर्ष रोपाईजात्राको भोलिपल्ट बाघ जात्रा मनाइने प्रचलन रहेको पाल्पाको कला र संस्कृति सम्पदाका जानकार निर्मल श्रेष्ठले बताउनुभयो । काठमाडौंपछि सबैभन्दा बढि जात्रा मनाइने सहरका रुपमा मानिने पाल्पामा जनैपूर्णिमाको दिनदेखि लगातार ९ दिनसम्म विभिन्न जात्राहरु मनाउने गरिन्छ ।

प्रकाशित मिति: आइतबार, भदौ १, २०७६  २१:००
प्रतिक्रिया दिनुहोस्
Weather Update