Erani Mahal
तानसेनकाे सडकमा : बाउसे, हली, राेपाहार, हलगाेरू र पन्चैबाजा !
IMG_2789-copy-1

तानसेन - असारमा गरिने रोपाईँको झल्को दिने गरी शनिबार तानसेनमा गाउँ–गाउँबाट जात्राका लागि आएका टोलीले रोपाई जात्रा प्रदर्शन गरेका छन् । परम्परादेखि नै हुँदै आएको लोपोन्मुख रोपाई जात्रामा हली, बाउसे, रोपाहार, हल गोरु, सहित पन्चै बाजा घन्काइएको थियो ।


तानसेनमा शनिबार दिनभर विभिन्न चोकमा गीत, नाच, जात्रेहरूले प्रदर्शन गरेका थिए । राेपाईजात्रा पुरानो संस्कृति भएकाले यसलाई बचाईराख्न जात्रा निकालेका हुन् । रोपाईजात्राले परम्परागत संस्कृतिको संरक्षण गर्न र पुराना संस्कार नयाँ पुस्तामा हस्तान्तरण गर्न सहयोग पुग्नेछ ।

रोपाई जात्रा निकाल्नका लागि खर्च धेरै लाग्ने भएकाले पनि पछिल्लो समयमा जात्रा निकाल्नेको सङ्ख्या घट्दै गएको छ । तानसेनमा पहिले नेवार समुदायले नै रोपाइँजात्रा निकाले पनि पछिल्लो समयमा तानसेनबाट जात्राका लागि कसैले पहल गरेको छैन ।

बाउसे, रोपाहार, हलगोरु लगायत बाजा र अन्य खर्च जोड्दा ५० हजारले नपुग्ने जात्रा निकाल्ने आयोजकले बताएका छन् । असारेगीत गाउ“दै पन्चेबाजाको तालमा ताल मिलाउदै रोपाहार, बाउसे, हलीले काम गरेका थिए भने नक्कली प्रहरी, सेना, पत्रकारसमेत टोलीमा सहभागी भएका थिए ।

त्यतिमात्र सामान्ती संस्कार झल्काउने गरी खेत तथा जमिनका मालिक छाता ओडेर मख्ख पर्दै हिडेको थिए । कामदारहरू भने पसिना बगाउँदै काम गर्न व्यस्त भएका थिए । परम्परादेखि नै खेत रोपेर सकिएपछि आराम गर्न रोपाईजात्रा निकालिने र गीत गाउदै ओहली, रोइलाहरू पन्चेबाजाको ताल र असारे भाकामा नाचगान गरिन्छ । जात्रामा मानिस नै बोरा ओढेर रमाइलोको लागि जुवामा नारिएर हलो तान्ने गरिन्छ भने केटाहरू पनि केटीको पहिरन लगाएर रोपाइरोप्दै हिडेका थिए ।


सयजनाको नास्ता खर्च, कपडा खर्चले गर्दा समस्या हुने गर्छ । काठमाण्डौपछि सबैभन्दा धेरैजात्रा मनाईने पाल्पामा छोराको शोकमा डुबेकी आफ्नी रानीलाई मन भुलाउन तत्कालिन राजा प्रताप मल्लले सुरु गरेको चलनलाई अहिलेसम्म पछ्याएका छन् ।

प्रकाशित मिति: शनिबार, साउन ३२, २०७६  १६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update