Erani Mahal
पाल्पाको बेदबेदाङ्ग स्कुल र मेरो शैक्षिक यात्रा
IMG_3717-copy

रामबहादुर गरम्जा (यसकुमार), न्युटनका अगाडि स्याउ झर्छ र विचार आउँछ । बुद्धका अगाडि बुढा, रोगी र मरेका मानिस आइपुग्छन् अनि बिचार आउँछ । आर्किमिडिज बाथटबमा नुहाउँदै गर्दा टबको पानी पोखिएर विचार आउँछ । जेम्सवाटलाई केट्लीमा पानी उम्लिँदा जुरूकजुरूक उठेको बिर्को देखेर विचार आउँछ । त्यसैले बिचार र नयाँ सोच शिक्षाबाट आर्जन हुन्छ ।

शिक्षाबिद प्लेटोले भनेका छन्–शिक्षा त्यो औषधी हो जसलाई खाएर मानब मस्तिष्कलाई स्वस्थ बनाउन सकिन्छ । मानव जीवनलाई परिवर्तन गर्नको लागि शिक्षाको महत्वपूर्ण भूमिका रहेको हुन्छ । त्यसैले त्यही शिक्षाको महत्व, बिद्यार्थी जीवनमा घटेका घटना र बेद बेदाङ्ग संस्कृत तथा साधारण मावि अर्चलेमा भएको शैक्षिक रूपान्तरणको विषयमा केही कुरा लेख्न गैरहेको छु ।
जब २०५३ सालमा हामी भवानी प्रावि बाट कक्षा ५ पास गरी श्री बेद बेदाङ्ग संस्कृत माध्यमिक बिद्यालय अर्चलेमा पढ्न जान लाग्यौ ।

माबि तहमा गएपछि मैले धेरै साथीहरूसँग घुलमेल र चिन्ने मौका पाए । आफूलाई पनि पहिला भन्दा अलि परिपक्व र केहीकुरा जाने–बुझे जस्तो लाग्न थाल्यो । शायद कक्षा ८ मा पढ्दा होला एकदिन हामी स्कुलबाट फर्कदै गर्दा बाटोमा साथीहरूसँग ‘आठ काठ, कुन काठ’ भन्ने खेल खेल्यौ । जुन खेलमा काठ समाउनुपथ्र्यो (छुनुपथ्र्यो) ।

सोही क्रममा म काठ छुन दगुर्दा एक्कासी बाटो बाट तल गहिरो खोल्सामा राजुका काँडाहरू र सिसाका टुक्राहरू भएको ठाउँमा खस्न पुगेछु । मेरा साथीहरू मरी–मरी हाँसे र डराए पनि । तर मलाई केही भएन । यो जादु त भएन भनेर सबै जना छक्क पनि परे । त्यो बिद्यार्थी जीवन पनि बडो अचम्म हुँदोरहेछ । जुन समय न कसैको चिन्ता, न केहीको डर र नत कुनै जिम्मेवारी पनि ।

मात्र स्वतन्त्र पन्छी र खोला जस्तै बगिरहने आनन्दपूर्ण जीवन रहेछ । त्यस्तैगरि अर्को अचम्म त के भयो भने एकदिन राती गाउँमा तिजको नाच्ने कार्यक्रम थियो । उक्त कार्यक्रममा मैले साथीहरू लिएर आफ्नो बारीको काक्रा चोरेको कुराले मलाई अहिले ज्यादै हाँसो लागेर आउँछ । २०५६ सालमा कक्षा ८ पास गरि ९ मा पढ्दै गैरहेको थिए । यसरी उल्लास, उमंग, कौतुहलता र जिज्ञासापूर्ण तवरबाट हाम्रो बिद्यार्थी जीवन अगाडी बढ्दै थियो ।

एकातिर नाच्न र गाउन भनेपछि मलाई सानैदेखि मनपथ्र्यो, जहाँ पनि जान मन लाग्ने शायद रुचीको विषय भएर हुनसक्छ । अर्कोतिर जन्मेर देश र जन्ताको लागि केही गर्नुपर्छ भन्ने भावनाले निकै नै पिरोलीरहन्थ्यो । सानैदेखि क्रान्तिकारी र प्रगतिशिल स्वभावको मान्छे भएर होला त्यसैले समाजमा अन्याय र अत्याचारको बिरुद्ध लडुनुपर्छ भन्ने बिचार आइरहन्थ्यो । जन्मगाउँ बामपन्थीको बर्चस्व भएको नाताले पनि होला त्यो वातावरणले मलाई सधै केही गर्न उक्साइरहन्थ्यो । “पढ्न धेरैले जानेका हुन्छन् तर के पढ्ने त्यो थोरैले मात्र जान्दछन् ।”–बर्नाडशा हो उनले भनेझैं बुर्जुवा शिक्षाको बिरोध गर्दै नयाँ जनवादी, ब्यवहारिक, जीवनपयोगी शिक्षाका पक्षमा लामबद्ध थिए देशभरि हजारौ क्रान्तिकारी बिद्यार्थीहरू ।

सोही क्रममा म पनि ‘बैज्ञानिक शिक्षाका लागी गरे यहि संगठनले गर्छ नत्र कुनैपनि संगठनले गर्दैन’ भन्ने दृढ निश्चयका साथ क्रान्तिकारी संगठनमा आबद्ध हुने निधो गरे । बेद बेदाङ्ग संस्कृत माबि अर्चलेमा पढ्दै गर्दा सर्बप्रथम २०५६/०५७ सालमा अनेरास्ववियु (क्रान्तिकारी), पाल्पाको इलाका कमिटी सदस्य बनेर काम गरे ।

त्यो स्कुलमा ७०% आदिवासी जनजाति बिद्यार्थीले पढ्ने गर्थे, त्यसमा पनि कुनै जनमुखी र व्यबहारमूखि शिक्षा नभएको संस्कृत भाषा अनिवार्य पढ्नुपर्ने हामी सबैको बाध्यता नै बनेको थियो । अनिबार्य संस्कृत भाषाको बिरोधमा सर्वप्रथम रेवतीराम ज्ञवाली, शुसिल ज्ञवाली, जित बहादुर झाक्री, म (स्वयम्), गोपाल कुमाल लगायत केही बिद्यार्थी साथीहरूले आन्दोलन शुरु गरियो । पछि अरु विद्यार्थि साथीहरुले पनि हामीलाई साथ र सहयोग गर्नुभयो ।

उक्त आन्दोलन गर्दा शुरुमा स्कुल प्रशासनबाट हामीलाई बिभिन्न प्रकृतिका कार्वाहीहरू पनि भए । तर पनि हामीले स्कुललाई साधारण बनाउनुपर्ने भन्दै हाम्रो आन्दोलन जारी राख्यौ । तत्कालिन समयमा बिद्यालयको प्रधानाध्यापक वकिल प्रसाद चौधरी, व्यवस्थापन समितिको अध्यक्ष हेम कुमार गरंजा र तत्कालिन गाबिस अध्यक्ष कृष्ण प्रसाद पन्थ लगायतलाई भेट्ने, दबाव दिने, ज्ञापनपत्र बुझाउने काम ग¥यौ ।

माग नसुनिएपछि संस्कृत पेपर जलाउने, परिक्षा बहिस्कार गर्ने, बिद्यालयमा तालाबन्दी गर्ने जस्ता चरणबद्ध कार्यक्रमहरू ग¥यौ । त्यसपछि उहाँहरू मार्फत गाबिस, जिल्ला शिक्षा कार्यालय पाल्पा हँुदै केन्द्रमा डेलिकेसन जाने, मागपत्र पेश गर्ने लगायतका कार्यक्रमहरू गरिनैरह्यौं । परिस्थितिको माग र व्यवहारिक ज्ञानका अगाडि कोहीपनि रूक्न सकेन पछि बिस्तारै स्कुल प्रशासन, व्यबस्थापन समिति, शिक्षक, तत्कालिन गाबिस प्रतिनिधी, बिद्यार्थी साथीहरु र समग्र सिद्धेश्वर जन्ताले साथ दिनुभयो ।

एकढिक्का र एकताका साथ संयुक्त रुपमा हाम्रा मागलाई बुलन्द ग¥यौ । त्यो बेलामा हामीले आफ्नो पढाइलाई समेत वास्ता नगरी काम ग¥यौ । ममबत्ती जस्तै आफू अध्यारोमा रहेर पनि अरुलाई उज्यालो दिने काम ग¥यौ । “असम्भब भन्ने कुरा सिर्फ मुर्खको डायरीमा मात्र हुन्छ ।”–नेपोलियन बोनापार्टले भनेको कुरा सिद्ध भैइछाड्यो फलस्वरुपः २०५८ सालमा हाम्रो बिद्यालय अनिवार्य बाट संस्कृत तथा साधारण माबि भयो । सबैले हामीहरूलाई धन्यबाद दिए अनि प्रशंसाको पात्र पनि भयौँ । तर बिडम्बना अहिले बिद्यार्थी आन्दोलनको सहयात्री साथीहरु कोही बिच बाटोमै छाड्नुभयो, कोही बिदेश जानुभयो भने कोही फरक पार्टीलाई अंगिकार गरेर बिद्यार्थी आन्दोलनबाट पलायन हुनुभयो । मैलेभने निरन्तर यात्रालाई जारीराखे । त्यस्तैगरि २०५९ सालमा बिद्यार्थी संगठन पाल्पाको जिल्ला कमिटी सदस्य बनेर काम गर्दै गए ।

त्यसपछि हामीलाई पढ्ने वातावरण मिलेन र देशब्यापी धरपकड शुरु भयो । उक्त कार्यले गर्दा बिचमै पढाई स्थगित हुन पुग्योे । हरेक क्षण सफल वा असफल हुन्छ मान्छे । सफलताले खुसीलाई बोलाउँछ, असफलताले खिन्नता । असफलताको कारण पत्ता लगाई निवारण गर्न सके खुसी हुने तरिका भेटिन्छ । सफलता र खुशी हुने तरिकाको खोजीमा थालिएको हाम्रो अभियान जारी नै थियो । शिक्षाविद जोनडिबेले भनेका छन् –“शारीरिक बिकासका लागी खानाको र सामाजिक बिकासको लागी शिक्षाको आबस्यकता पर्छ ।”

शिक्षाबिना मानिसले केही गर्न सक्दैन, त्यो नै उसको सबैभन्दा ठुलो सम्पत्ति हो । यसको महत्व र गरिमा सर्बत्र छ र यो बिना मानिसले केही गर्न सक्दैन । त्यसैले मैले २०६७ सालमा धेरै समयपछि मैले जनता नमूना उच्च माबि तानसेन, पाल्पाबाट एस.एल.सी र आइ.एड पास गरी निरन्तर अगाडि बढिरहेको छु । तर उद्धेश्य, लक्ष्य र गन्तब्यहिन शिक्षाले जीवनमा केही परिवर्तन आउँदैन भन्ने कुरा नेपाली समाजमा लागू भएको छ । बैज्ञानिक, जनमुखी, व्यबहारिक र प्रयोगात्मक शिक्षाको पक्षमा अहिले पनि हाम्रो यात्रा जारी छ । पक्कैपनि सकारात्मक कार्यमा सबैको साथ समर्थन हुनेछ भन्ने आशा लिएको छु ।

प्रकाशित मिति: मंगलबार, साउन २१, २०७६  १२:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update