Erani Mahal
तिजमा छोरी माइत नआएपछि बिरत्तिदै पुर्खे बा र तिवारी आमा (गीत सहित)
maxresdefault

‘‘बर्षदिनको तिजमा पनि दुःख मान्छन् आउन बरिलै,

छोरा भन्यो छोरी भन्यो दुःख मत्रै पाउन बरिलै’’

तिज माइती चेलीको मिलनको पर्व हो । बर्षदिनभरिका तितामिठा गफगाफ र आमाको हातको दर खाने र चेलीको मन हलुका बनाउने थलो माइतीघर नै हो ।

वर्ष दिनमा आएको तिजमा पनि छोरी/चेली माइत नआइदिएपछि बिरत्तिएको बाबुआमाको तिजको भाका बजारमा आइपुगेको छ । पछिल्लो समय तिजका भाकामा केटाकेटीका बिषयवस्तु थुपारिएका बेला पुर्खे बा ले ६० बर्षिय पाल्पाली तिवारी आमासँग मिलेर माइती र आमा बाबुको बेदना गीतमार्फत पोखेका छन् ।

पाल्पा, गुल्मी, स्याङ्जा लगायत पश्चिम नेपालमा एकदमै चलेको भाका पुरानो तिज भाकामा गीत बजारमा ल्याइएको छ । तिजमा छोरी माईत आउने परम्परा रहेपनि यस पटकको तिजमा कुनै पनि छोरीहरु आउन नपाएकोमा आमा बुवाको गुनासो र पिडा यस गीतमा समेटीएको छ ।

पछिल्लो समय हास्यकलाकाको रुपमा देशव्यापी ख्याति कमाएका गुल्मेली गायक पुरुषोत्तम भण्डारी पुर्खे बा र पाल्पा सहित पश्चिमका जिल्लामा मौलिक गीतबाट नाम कमाउन सफल तिवारी आमा लक्ष्मी तिवारीले संयुक्त रुपमा तिजको गीत ‘‘पानी मरुवा’’ बजारमा ल्याएका हुन् ।

बिशेष गरि पुरानो मौलिक तिजका भाकामा आमा र बाबाका बेदना बोलेको यस गीतको भिडियोमा पनि यिनै गायक पुरुषोत्तम भण्डारी र लक्ष्मी तिवारीको अभिनय रहेको छ । भण्डारी र तिवारीको अलावा गायक सुकदेव अधिकारी र सपना गाहाले स्वर दिएका छन् ।

पुर्खे बाको आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक भएको गीतमा गायक भण्डारीको आफ्नै लय तथा शब्द छ । गीतको एरेन्ज कृष्ण भान्जाले गरेका छन् । मालश्री रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड भएको गीतको म्युजिक भिडियोको निर्देशन पनि स्वंयम् भण्डारीले गरेका छन् ।

बिशेष गरि घरयसी, सामाजिक बिषयवस्तुलाई तिज गीतमा उठाइएकाले स्रोता दर्शकले विल्कुलै फरक र नयाँ स्वाद पाउने गायक तथा कलाकार पुरुषोत्तम भण्डारीले बताउनुभयो । घरधन्दा, माइतीको काख, परेदिशियका नेपालीले खाडीमा भोग्नुपरेको पिडा, राजनितिक माहोल र सरकारको ढिलासुस्ती र समाजको विकृतिलाई कटाक्ष हान्ने गरि मौखिक रुपमा गीत उनेर प्रत्येक बर्षको तिजमा नयाँ आयाम दिने तिवारी आमाले पहिलो पटक पुर्खे बा सँग गीत रेकर्ड गराउनुभएको हो । मनका बेदना र समाजले रुचाउने गीत कति गाइयो–अहिले गीत रेकर्ड गरेर सुन्न र हेर्न पाउदा निकै खुसी छु तिवारीले भन्नुभयो ।

कापीमा गीत कोर्नुभन्दा गुनगुनाएर नै कण्ठ पार्न खप्पिस तिवारी आमाले पुर्खे बा ले गीतमा लिएर बुढाबुढीका बेदनालाई समेटेकोमा उनलाई धन्यवाद समेत दिइन् । बेला बेलामा सामाजिक सञ्जालबाट दर्शक स्रोता बिच आएकी तिवारी आमाले पछिल्लो समय मौलिक चाडपर्व र गीतमा आएको विकृतिले पर्वको महत्व कम हुदै गएको बताउदै समाजको हित र नागरिकको सुखदुःखमा साथ मिल्ने मौलिकता जोगिने गीत बजारमा आउनुपर्ने बताइन् ।

चौताराको फेदमा गाउँले जम्मा भएका मौकामा बुढाबुढीले पोखेको वेदनालाई गीतमा उठान गरिएको छ । रामु चापागाई निर्माता रहेको भिडियोको छायांकन बिजय पोखरेलले गरेका हुन् ।

हेर्नुहाेस् भिडियाे

https://www.youtube.com/watch?v=Bs0G6_u0aLA&feature=share

प्रकाशित मिति: शुक्रबार, साउन १७, २०७६  १४:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update