Erani Mahal
पाल्पामा संचालित अन्तर माध्यमिक जिल्ला स्तरीय फुटवलमा छात्रतर्फ दमकडा  र छात्रातर्फ बेथल बोर्डिङ उत्कृष्ट
67120800_2445806092147949_244802939619639296_n

सुमन कार्की पाल्पा- पाल्पामा संचालीत अन्र्तर माध्यमिक जिल्ला स्तरीय छात्र–छात्रा फुटवल प्रतियोगितामा छात्रतर्फ दमकडा मा.वि. र छात्रातर्फ बेथल बोर्डिङ स्कूलको टीम उत्कृष्ट खेलाडि बनेका छन् ।

जिल्ला फुटवल संघको आयोजना र चौधरी ग्रुपको प्रायोजनमा सञ्चालित खेलमा उत्कृष्ट हुने टीमलाई प्रदेस सांसद वीरबहादुर रानाले ट्रफी, प्रमाण प्रत्र प्रदान गर्दै पाल्पा पहिलै देखि खेलकुदमा राम्रो जिल्लाको रुपमा चिनिने भएकोले थप सफलताको लागि खेलाडीहरूलाई प्रोत्साहन गर्नुपर्ने वताउनुभयाे ।

विशिष्ट अतिथि तानसेन नगरपालिका प्रमुख अशोककुमार शाहीले खेलकूदको विकासमा स्थानीय सरकारको हर हमेशा सहयोग रहने बताउँदै खेलाडिलाई बधाई तथा शुभकामना दिनुभएकाे छ ।

उनले विगत देखि खेलकूदका क्षेत्रमा लागि पर्ने जिल्लाले प्रदेश र राष्ट्रमा खेलकूदको विकासको लागि पर्नुपर्नेमा जोड दिएका छन् । खेलमा पु?षतर्फ दमकडा माध्यमिक विद्यालय प्रथम, पाल्पा प्यारागन बोर्डिङ्ग स्कूल तानसेन पाल्पा द्वितीय भएका थिए । महिलातर्फ बेथल बोर्डिङ्ग स्कूलका टीम क्याप्टेन वविता थापा सहितको समूह प्रथम र प्यारागन द्वितीय भएका छन् ।

पाल्पा प्यारागन महिलातर्फ र पुरुषतर्फ नै दोस्रो बनेको छ । मनोहर रानाको अध्यक्षतामा चलेको कार्यक्रमको सञ्चालन महासचिव भरत शर्माले गर्नुभएकाे हाे । प्रदेश स्तरीय टीममा प्रथम हुने छात्रछात्रा तर्फले प्रदेसस्तरीय खेलमा सहभागिता जनाउने महासचिव भरत शर्माले बताउनुभयाे । उहाँका अनुसार प्रदेसस्तरको फुटवल प्रतियोगिता श्रावण १९ गतेदेखि बुटवलमा सञ्चालन हुनेछ ।

प्रकाशित मिति: शनिबार, साउन ११, २०७६  २०:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update