Erani Mahal
पाल्पालोक आइडलकी धनमाया दिसुवा र पुरुषाेत्तम गैरेकाे गीत 'गेलेनको मादल'  सार्वजनिक
Gle-n-

सुमन कार्की पाल्पा- तीज नजिकिए सगै धेरै कलाकारहरु तीजगीत गाउन र भिडियो निर्माणमा व्यस्त भएका छन् । यस्तै क्रममा पाल्पाली चेली धनमाया दिसुवा मगरले पनि आफ्नो पहिलो स्वरमा पहिलो तीज गीतको गेलेनको मादलको भिडियो सार्वजनीक गर्नुभएकाे छ ।

। धनमाया दिसुवा मगर पाल्पा लोक आइडल २०७५ विजेता हुनुहुन्छ । उहाँको सुरीलो स्वर मन नपराउने सायदै कम होलान त्यसैले गर्दा पनि पाल्पा लोक आइडल हुन सफल बन्नुभएकाे छ । पाल्पाको निस्दी गाँउपालिका घर भएकी दिसुवा सानै देखि घरैमा घाँस दाउरा गर्दा देखि नै गीत गाउदै हिड्ने गरेको र गीत संगीत प्रति रुची बढी राख्ने ,आफुमा पूर्ण विश्वास, सवैको साथ र सहयोगले गर्दा नै आइडल बन्न सफल बनेको दिसुपाको भनाइ रहेको छ ।

लोक आइडल भै सकेपछिको पहिलो एल्बम भनेकै गेलेनको मादल भएको छ उनको लागी । सुभतारा म्यूजीक प्रा.लीको सहयोगमा यो एल्बम गर्न सफल भएको उहाँको भनाइ छ । गीतमा पुराना पुस्ताका पालामा मादल नपाउदा घरमा प्रयोग हुने ग्यालिन लाई थटाएरै मादल बजाउने गरिन्थ्यो भन्ने ब्यङ्ग्यामक शैलीमा प्रस्तुत गरिएको छ ।

गीतमा पाल्पाकै चर्चित युवा गायक पुर्षोत्तम गैरेको लय, शब्द र स्वर समेत रहेको छ । धनमाया दिसुवालाई यस गीतको स्वरमा समेत साथ दिनुभएकाे ‍छ पुर्षोत्तम गैरेले ।

उहाँको भिडियो अभिनय भने अहिलेका चर्चित हाँस्य कलाकार पुर्खे र सिर्जना मसराङ्गी ले गर्नुभएकाे छ ।

यो गीत तीजको वेला पुराना पुस्तामा गाइने गरिने क्रियाकलाप समेटर बनाइएको हुनाले पनि श्रोता दर्शकको रोजाईमा पर्नेमा धनमाया निकै आशाबादी रहेको बताउनुहुन्छ ।

हेर्नुहाेस् भिडियाे ः

प्रकाशित मिति: शुक्रबार, साउन १०, २०७६  २०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update