Erani Mahal
तिनाउँको झाक्सेमा २९ लाख लागतमा ट्रस पुल निर्माण, स्थानीय उत्साही
67477657_504474910125367_4368561504782385152_n

पाल्पा–पुल नहुँदा वर्षात्को समयमा ज्यानको बाजी राखेर खोला तर्नुपर्ने तिनाउँ ५ झ्याक्सेका स्थानीयहरु अहिले पुल निर्माण भएसँगै खुसी भएका छन् ।


तिनाउँ गाउँपालिका, सेवक नेपाल, इन्द्रेणी समाज केन्द्र लगायतका संघ संस्थाको सहयोगमा पुल निर्माण भएपछि स्थानीयहरु उत्साहित बनेका हुन् ।

तानसेन ८ तल्लोडुम्रे नजिकैबाट ३२ मिटर लामो ट्रस पुल निर्माण भएको हो । पुल बनाउन २९ लाख ५ हजार ३ सय ५७ रुपैंया खर्च भएको छ, उपभोक्ता समितिका अध्यक्ष सरस्वती दिसुवाले भन्नुभयो, पुल निर्माणसँगै वर्षातको कष्टकर यात्रा समाप्त भएको छ । तरकारी उत्पादनको उर्वर क्षेत्र रहेको १ सय घर परिवारलाई यो पुलले राहात प्रदान गर्ने स्थानीयहरुले जनाएका छन् ।


कार्यक्रममा तिनाउँ गाउँपालिकाका प्रमुख ओमबहादुर घर्ती मगरले पुल निर्माणले स्थानीय उत्पादनलाई बजारीकरण गर्न सहयोग पुग्ने बताउनुभयो । उहाँले गाउँसम्म पुग्ने मोटरबाटोको विकासमा आफूले सक्दो पहल गर्ने बताउनुभयो ।


पूर्वाधार विकास कार्यालय प्रदेश नं. ५ का इन्जिनियर प्रेम बस्याल, सेवक नेपालका इन्जिनियर दयन्द्र राई, इन्द्रेणी समाजका प्राविधिक यम राना, वडा अध्यक्ष दलबहादुर दर्लामी, गाउँपालिकाका नासु शिव आत्रेय लागयले पुल निर्माण र यसको महत्वका विषयमा चर्चा गर्नुभयो ।

प्रकाशित मिति: बुधबार, साउन ८, २०७६  ०९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update