Erani Mahal
नेता वीपी कोइरालाको स्मृति दिवसमा काँग्रेस पाल्पाद्वारा वृक्षारोपण
nk3

पाल्पा - नेपाली काँग्रेसका संस्थागत नेता वीपी कोइरालाको ३७ औं स्मृति दिवसमा नेपाली काँग्रेस पाल्पाले वृक्षारोपण गरेको छ । काँग्रेसले बगनासकली गाउँपालिका १ चिर्तुङ्गधाराको जर्वादी क्षेत्रमा वृक्षारोपण गरेको हो ।

नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुले जर्वादी क्षेत्रमा रहेको सामुदायिक बनको दश रोपनी क्षेत्रमा चिउरी, अमला, दाल चिनी, कपुर लगायतका विभिन्न प्रजातिका दुई सय बोट बिरुवा रोपेका थिए ।


कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति तथा प्रदेश सांसद बीरबहादुर रानाले राष्ट्रको रक्षा तथा राष्ट्रियताका लागि वीपीको विचार र आदर्शको राजनीतिलाई अंगाल्नु पर्ने बताउनुभयाे ।

कार्यक्रममा काँग्रेस बगनासकाली गाउँपालिकाका संयोजक तथा महासमिति सदस्य यमलाल तिमेल्सिनाले वृक्षारोपणमा सहभागीहरुलाई धन्यवाद दिर्दै वीपीको विचार अहिले पनि उत्तिकै समय सान्दर्भिक र प्रेरणाको स्रोत भएकाले यसको कार्यान्वयन पक्ष अहिलेको प्रमुख आवश्यकता रहेको बताए । कार्यक्रम पार्टी सचिव झपेन्द्र गहिरेको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति: मंगलबार, साउन ७, २०७६  ११:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update