Erani Mahal
तानसेनमा जारी राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगितामा तेक्वान्दो र उसुमा बांके तथा  करातेमा रोल्पा च्याम्पियन
66530738_1116898765160815_4674614887110934528_n

तानसेन - तानसेनमा जारी ५ नम्बर प्रदेश स्तरीय ११ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत तेक्वान्दो, कराते र उसु खेल सम्पन्न भएका छ्न् । तेक्वान्दो र उसुमा बांके तथा करातेमा रोल्पा च्याम्पियन भएको छ ।

तेक्वान्दो बांकेले २ स्वर्ण, २ रजत प्राप्त गर्दै प्रथम भयो । रोल्पाले २ रजत जित्दै दोस्रो तथा रुपन्देहिले १ स्वर्ण, १ कास्य जित्दै तेस्रो भयो ।

उसुमा बांकेले ४ स्वर्ण, २ रजत जित्दै प्रथम भयो । बर्दिया र कपिलबस्तुले समान १ स्वर्ण, २ रजत, ३ कांस्य जिते । करातेमा रोल्पाले ६ स्वर्ण ३ रजत जित्दै प्रथम भयो । २ स्वर्ण १ रजत २ कांस्य जित्दै रुपन्देही दोस्रो तथा २ रजत ४ कांस्य जित्दै कपिलबस्तु तेस्रो भयो ।

मध्यपश्चिम क्षेत्रीय खेलकुद बिकास समिती, प्रदेश नम्बर ५ को आयोजनामा बुधबारबाट प्रतियोगिता शुरु भएको हो । एथ्लेटिक्स, कपर्दी, र भलिबलका खेलहरु बिहिबार पनि जारी रहेको छ । प्रतियोगितामा कराते, भलिबल, एथ्लेटिक्स, उसु, कपर्दी, तेक्वान्दो गरि ६ वटा खेल बिधा समावेश छन ।

यस प्रतियोगिताबाट छनौट भएका खेलाडीहरुले आगामी २९ गतेदेखी काठमान्डौमा आयोजना हुने केन्द्रिय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितामा सहभागीता जनाउने मध्यपश्चिम क्षेत्रीय खेलकुद बिकास समितीका उपाध्यक्ष नरेन्द्र थापाले जानकारी दिएका छन ।

करिब १ हजार १ सय खेलाडीहरुको सहभागिता रहेको प्रतियोगिता शुक्रबारसम्म चल्ने छ । खेल बुधबारबाट सुरु भएको हो । यद्यपी अबिरल वर्षका कारण खेल समेत पञ्भावित बनेको छ ।

प्रकाशित मिति: बिहीबार, असार २६, २०७६  २१:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update