Erani Mahal
तिनाउँका महिलालाई सिलाई कटाई तालिम
65931521_350240902323761_6720244334874066944_n

पाल्पा–तिनाउँ गाउँपालिकाको आर्थिक सहयोगमा तिनाउँका महिलाहरुलाई सिलाई कटाई तालिम दिइएको छ । वडा नं. ४ सत्यवतीमा संचालन भएको तालिममा २० जनाको सहभागिता रहेको थियाे ।

तिनाउँ गाउँपालिकाको समन्वय र घरेलु तथा साना उद्योग कार्यालय पाल्पाको सहयोगमा तालिम दिइएको हो । तालिम समापन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले सीप सिक्ने मात्र ठूलो कुरा नभएर सिकेका सीपलाई व्यवहारमा लगेर व्यवसायी बन्न आग्रह गर्नुभयो ।

कार्यक्रममा जिल्ला समन्य समितिका सदस्य इन्द्रा चिदी, वडा नं. ४ का अध्यक्ष दानबहादुर गाहा, वडा सचिव खिमबहादुर राना, प्रशिक्षक भीम बहादुर ठाडा लगायतले शुभकामना दिनुभयो ।

तालिमका सहभागिलाई गाउँपालिकाले ५० प्रतिशत अनुदानमा मेसिन समेत प्रदान गरिएको छ । घरेलु कार्यालयका उद्यम विकास सहजकर्ता मनोज घिमिरेको संचालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, असार २०, २०७६  २०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update