Erani Mahal
तिनाउँमा एक महिने हाउस वायरिङ्ग तालिम सकियो
65831328_477955632967929_223550754244263936_n

पाल्पा– तिनाउँ गाउँपालिकाको आर्थिक सहयोगमा गाउँपालिकाका युवाहरुलाई हाउस वायरिङ्ग तालिम दिइएको छ । तिनाउँ युवा समन्वय समितिको आयोजनामा भएको तालिमको समापनमा बोल्दै प्रमुख अतिथि गाउँपालिकाका प्रमुख ओमबहादुर घर्तीले तालिममा सिकेका सीपलाई जीवन व्यवहारमा उत्र्तान आग्रह गर्नुभयो ।


सीप सिकौं आत्मनिर्भर बनौं भन्ने नाराको साथ बुटवल टेक्निकल कलेजको प्राविधिक सहयोगमा २० जना युवाहरुलाई तालिम दिइएको हो । एक महिने तालिम पश्चात जीवन व्यवहारमा समेत प्रयोग हुने सीपले युवालाई सीप विकाससँगै आय आर्जनमा सहयोगग पुग्ने युवा समितिका अध्यक्ष प्रेम श्रेष्ठले जानकारी दिनुभयो ।


कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष दमयन्ती थापा, प्रवक्ता राजेश श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत ज्ञानु प्रसाद पनेरु लगायतले तालिमका सीपलाई उपयोग गर्न शुभकामना दिनुभयो । युवा समितिका उपाध्यक्ष कमल श्रेष्ठको स्वागत र समितिका सचिव गंगा शेरचनले संचालन गर्नुभएको थियो ।

प्रकाशित मिति: शुक्रबार, असार २०, २०७६  २०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update