Erani Mahal
बुटवलमा कारको ठक्करबाट स्कुटर चालकको मृत्यु, २ जना घाइते
Untitled

१९ असार, बुटवल । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवलको पाखापानीमा कारको ठक्करबाट बिहीबार बिहान एकजनाको ज्यान गएको छ । लु १ च १५८८ नम्बरको कार र लु ३६ प ४३१४ नम्बरको स्कुटर बिहान ३ बजे जुधेका थिए ।

दुर्घटनामा परी गम्भीर घाइते भएका स्कुटर चालक सैनामैना नगरपालिका ४ का अन्दाजी २५ वर्षीय अजित सलामी मगरको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचारका क्रममा बिहान ५ बजे मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

स्कुटरमा सवार सैनामैना ४ कै २२ वर्षीय सन्जय पटेल र २६ वर्षीय विक्रम थारु घाइते भएका छन् । उनीहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने कार र कार चालकलाई इलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: बिहीबार, असार १९, २०७६  १४:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update