Erani Mahal
गुल्मेली गायक रामचन्द्र चन्दको "३ फुर्के डोरी’ ले चर्चा बटुल्दै (हेर्नुस् भिडियो सहित)
rc-696x301

गुल्मीमा जन्मिएर लामाे समय पाल्पामा स‌चारकर्मी हुनुभएका गायक तथा शब्द स‌कलक रामचन्द्र चन्द र समिक्षा बिसि को ’३ फुर्के डोरी’ बजारमा सार्बजनिक भएको छ । गीतमा गायक तथा निर्देशक हुम गैरेको शब्द र लय रहेको छ ।

प्रीज्म डिजिटल रेकर्डिङ स्टुडियो बबरमहलमा रेकर्ड गरिएको उक्त गीतमा चर्चित मोडल तथा निर्देशक शंकर बिसी र नायिका तथा मोडल अनु साहको उत्कृष्ट अभिनय रहेको छ ।

शंकर बिसी स्वयमले निर्देशन गरेको ’३ फुर्के डोरीलाई राजेश घिमिरेले आफ्नो क्यामेरामा कैद गरेका हुन भने नवीन घर्ती मगरले सम्पादन गरेका छन ।

ईश्वर थपलिया प्रोडक्सन म्यानेजर रहेको उक्त गीतको अडियो तथा भिडियो शैली कृयसन प्रा लिको आधिकारिक युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

गायक चन्दले रानीमहलसँगकाे कुराकानीमा भन्नु भयाे याे गीत आफूले बढी मेहनतका साथमा भिडियो बनाइएको छ, यसलाई आशा छ सबै दर्शक तथा श्रोताको साथ पाउने छु ।

हेर्नुहोस् भिडियो

प्रकाशित मिति: बुधबार, असार ४, २०७६  ०७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update