Erani Mahal
तानसेन श्रीनगरकाे 'भ्यु टावर'मा नाैँ तले 'धरहरा'काे सम्झना ! (फाेटाे फिचर)
view-tower1

तानसेन - श्रीनगरमा रहेको भ्यूटावरको मर्मत तथा रङ्गरोगन गरेर चिटिक्क पारेपछि यहाँ घुम्न आउने पर्यटक बढेका छन् । उपभोक्ता समितिमार्फत भ्यु टावरको बाँकी काम गरेपछि भ्यु टावरबाट देखिने दृश्य अवलोकन आन्तरिक तथा बाह्य पर्यटक आकर्षित भएका हुन् ।


उपभोक्ता समितिले भ्यु टावरमा रङ्ग रोगन गरेको छ भने कम्पाउण्डमा तारबार गरेको छ । यस्तै टिकटमार्फत पर्यटकका लागि भ्यु टावरभित्र प्रवेश गर्ने व्यवस्थापन पनि गरेको भ्यु टावरका व्यवस्थापक प्रेमसागर शाहीले बताउनुभयो ।


तानसेन आउने अधिकांश पर्यटकहरू भ्यु टावरबाट विभिन्न क्षेत्रको अवलोकन गरेर फर्कने गरेका छन् । पाल्पा, गुल्मी, स्याङ्जा, अर्घाखाँची, रुपन्देही, काठडमौँ र भारतको विभिन्न स्थानबाट पर्यटकहरू आउने गरेको उपभोक्ता समितिका उपाध्यक्ष खडानन्द पाण्डेले बताउनुभयो ।

प्रकाशित मिति: मंगलबार, असार ३, २०७६  १४:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update