असार लाग्याे : मानाे खाएर मुरी उब्जाउन पाल्पाका किसान खेतमा (फाेटाे फिचर)

रानीमहल संवाददाता || २ असार २०७६,सोमबार १४:२६
पाल्पा – याे वर्ष अझै वर्षात् सुरू भएकाे छैन । पाल्पाका विभिन्न फाँटमा धान राेपाइ सुरू भइसकेकाे छ । किसान पानीकाे पर्खाइमा छन् । तर पानी अझै पर्न सकेकाे छैन ।
पाल्पाकाे माडीफाँट, तेल्घा प्रभास, रामपुर, अर्गली, कचल, गेझा फाँटका किसान पानी कुरिरहेका छन् । याे वर्ष अझै मनसुन सुरू नहुँदा किसानले बिउ राख्न पाएका छैनन् । भने मानाे खाएर मुरी उब्जाउने किसान अझै खुलेर खेतमा हिजाेँसँग खेल्न उत्साहित छैनन् ।
पाल्पाकाे प्रभास फाँटमा भने पानी नपरे पनि धान राेपाइ सुरू भएकाे छ ।
हेर्नुहाेस् तस्विरमा :




