Erani Mahal
आले डेन्टल क्लिनिक तानसेनमा
IMG_1868

तानसेन - पाल्पा सदरमुकाम तानसेनमा आले डेन्टल क्लिनिक बुटवलको शाखा विस्तार भएको छ । क्लिनिकले तानसेनमा आइतबारदेखि सेवा प्रदान गरेकाे छ । शुभारम्भ कार्यक्रमको उद्घाटन नेपाल सरकार वीर अस्पतालका दात, नाक, मुख तथा घाटी विभाग प्रमुख वरिष्ठ डा.प्रकाश बुढाथोकीले गर्नुभयाे ।

साे अवसरमा डा.बुढाथोकीले पाल्पा बिरामीलाई सुविधा प्रदान गर्ने उद्देश्यका साथ डेन्टर क्लिनिक संचालनमा आउनु यहाँका बिरामीका लागि राम्राे भएकाे बताउनुभयाे ।

क्लिनिक स्थापना भएपछि आँखा, घाँटी, दाँत तथा मुख सम्बन्धी समस्या भएका बिरामीहरु अन्त जान नपर्ने उहाँले बताउनुभयाे । कार्यक्रममा आले डेन्टल क्लिनिक पाल्पाका प्रवन्धक निर्देशक मनोजकुमार आलेले पाल्पा, स्याङ्जा, गुल्मीका दाँत, कान, मुख, घाटी सम्बन्धी समस्या भएका बिरामीहरुलाई सेवा दिने उद्देश्यले स्थापना गरेको बताउन्रुभयाे ।

पहिले–पहिले दाँत, कान, मुख, घाँटी सम्बन्धी समस्या भएका बिरामीहरु भैरहवा चितवन तथा काठमाडौं जानुपर्ने थियो अब पाल्पामै उपचार हुन्छ आलेले भन्नुभयाे । क्लिनिकमा पाल्पास्थित विभिन्न अस्पतालमा चिकित्सकले समेत सेवा दिने बताइएकाे छ ।

प्रकाशित मिति: सोमबार, असार २, २०७६  १३:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update