Erani Mahal
तेल्घामा संचालित महायज्ञकाे आम्दानी तथा खर्च सार्वजनिक
64369447_692074521218874_7941062413367902208_n

तानसेन - तानसेनकाे तेल्घामा गत २०७५ फागुन १ गतेदेखि ११ गतेसम्म सञ्चालित गणपति महाअनुष्ठानकाे आम्दानी तथा खर्च सार्वजनिक गरिएकाे छ । पाल्पाकाे तेल्घास्थित गुफाचउरमा भगवान गशेणकाे विशाल मुर्ति राखेर यस क्षेत्रका धार्मक पर्यटक भित्र्याउने उद्धेश्यका साथ आयाेजित महायज्ञमा ३१ लाख ६८ हजार २ सय ४७ रूपियाँ आम्दानी भएकाे आयाेजकले जनाएकाे छ । यस्तै साे महायज्ञ सञ्चालनका क्रममा २८ लाख ३५ हजार ९ सय ८२ रूपियाँ खर्च भएकाे मूल आयाेजक समितिका सहसंयाेजक एवं तानसेन वडा नं. १० का वडा अध्यक्ष लाेचनप्रसाद तिमिन्सिनाले बताउनुभयाे ।

पत्रकार सम्मेलनकाे आयाेजना गरी समितिले गणपति महाअनुष्ठानमा भएकाे आम्दानी र खर्च सार्वजनिक गरेकाे हाे । साे अवसरमा सहसंयाेजक तिमिन्सिनाले केही व्यक्तिकाे दान रकम संकलनमा भएकाे ढिलाइले आम्दानी खर्च सार्वजनिक गर्न ढिलाइ भएकाे बताउनुभयाे । उहाँले भन्नुभयाे श्रीमद् भागवत महायज्ञमा दान गर्नुहुने सबैलाइ धन्यवाद र अन्य कार्यमा सघाउनुहुने सबै महानुभावहरूलाइ धन्यवाद छ हाम्राे दान संकलन गर्ने क्रममा ढिलाइ भएकाले आम्दानी र खर्च सार्वजनिक गर्न ढिलाइ भयाे ।

महायज्ञ संचालनले यस क्षेत्रकाे धार्मिक प्रचारप्रसार र धार्मिक जागरण गर्नमा सहयाेग पुगेकाे छ । भने गणेश मुर्तिलाइ गुफाचउरसम्म पुर्याउनका लागि केही हदसम्म सहयाेग भएकाे महायज्ञ मूल समितिका सचिव माेहनलाल गैरेले बताउनुभयाे । सुरूदेखि नै आफूहरू गणेशकाे मुर्ति ल्याएर तानसेन र पाल्पाकाे धार्मिक पर्यटन विकासमा लाग्ने साेच रहेकाे र साेही अनुसार अहिले ढिलाे गरेर भए पनि काम भइरहेकाे बताउनुभयाे । उहाँले छिट्टै गणेशकाे मुर्ति तेल्घाकाे गुफाचउरमा लैजाने याेजना रहेकाे बताउनुभयाे ।

समितिले अझै केही दान संकलन हुन बाँकी रहेकाे बताउँदै महायज्ञकाे मूल उद्धेश्य पूरा भएकाे जनाएकाे छ । कार्यक्रममा स्थानीय बासिन्दा, पत्रकार दाता तथा आयाेजक लगायतकाे सहभागिता रहेकाे थियाे । कार्यक्रममा तानसेन ७ का वडा अध्यक्ष मुक्तिराम जिसी, नेपाल पत्रकार महासंघ पाल्पा शाखाका पूर्व अध्यक्ष गाेविन्द भट्टराइ, महासंघका काेषाध्यक्ष मिलन विश्वकर्माले समेत आफ्नाे धारणा राख्नुभएकाे थियाे ।

कार्यक्रम मूल आयाेजक समितिका सहसंयाेजक लाेचनप्रसाद तिमिन्सिनाकाे अध्यक्षता र समितिका सचिव माेहनलाल गैरेकाे संचालनमा सम्पन्न भएकाे थियाे ।

प्रकाशित मिति: सोमबार, असार २, २०७६  ०६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update