Erani Mahal
निस्दीमा 'राष्ट्रपति कप' छनौट खेल
64238011_441740266617377_7199742674302140416_n

पाल्पा - निस्दी गाउँपालिका पाल्पामा रास्ट्रपति कपको लागि छनौट खेल भइरहेको छ । शुक्रबार भएको छात्र भलिबल प्रतियोगितामा आँसुवर्मा माध्यमिक विद्यालय सहलकोटले जनप्रिय माध्यमिक विद्यालय ज्यामिरेलाई २५-२१ र २५-२० को सोझो सेटमा पाखा लगाएको छ भने जनता माध्यमिक विद्यालय गल्धाले गोरखनाथ माध्यमिक विद्यालय अर्चलेलाई २०-२५,२५-२३ र २५-२३ को अन्तरमा हराएका छन्।

त्यसैगरि हाइजम्प छात्र तर्फ आँसुवर्मा माविका देवेन्द्र पुलामी प्रथम,जनपृय माविका दल बहादुर रुचाल द्वितीय र सरस्वती माविका विशाल आले तृतीय भएका छन् ।

छात्रा तर्फ बालहित माविका सरस्वती परियार प्रथम,जनपृय माविका लुर्का राक्से द्वितीय र आँसुवर्मा माविका केशमाया बिक तृतीय भएका छन्।२ सय मिटर दौड प्रतियोगितामा छात्र तर्फ गौरीशंकर माविका मीन बहादुर ढेगा, राधाकृष्ण माविका चोमान सिंह सिजाली द्वितीय र जनता माविका वुद्धिमान सुनारी तृतीय भएका छन् भने छात्रा तर्फ गोरखनाथ माविका एककला सारु प्रथम, जनता माविका दिलकुमारी सोती द्वितीय र राधाकृष्ण माविका गीता आले तृतीय भएका छन्।

प्रकाशित मिति: शनिबार, जेठ ३२, २०७६  १२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update