Erani Mahal
पाल्पा प्रहरीद्वारा जफत गरिएकाे घरेलु रक्सी नष्ट
62254973_311639443120759_4459837750325018624_n

तानसेन - जिल्ला प्रहरी कार्यालय पाल्पाले घरेलु मदिरा नष्ट गरेकाे छ । ग्रामीण क्षेत्रका महिलाले बिक्रीका लागि बजारमा ल्याउने क्रममा पक्राउ गरिएकाे घरेलु रक्सी प्रहरीले पाेखेकाे हाे ।

जिल्ला प्रहरी कार्यालय पाल्पाले विभिन्न क्षेत्रका नागरिक पत्रकारहरूकाे राेहबरमा जप्रका अगाडि पाेखेर नष्ट गरेकाे हाे । पाल्पाकाे विभिन्न क्षेत्रमा खटिएका प्रहरीले बिक्री गर्न लैजाने क्रममा घरेलु रक्सी जफत गरेकाे प्रहरी नाउव उपरीक्षक कृष्णराज सापकाेटाले जानकारी दिनुभयाे ।

मदिराका कारण गाउँघरमा झैझगडा हुने, श्रीमतीमाथि कुटपिट हुने, महिला हिंसा हुने र हत्यालगायतका घटना समेत हुने हुनाले मदिरा नियन्त्रण गर्न प्रहरीले मदिरा जफत गरेकाे जनाएकाे छ । पाल्पाकाे ग्रामीण भेगमा अहिले पनि महिलाले दिनहुँ घरेलु रक्सी बनाएर घरमै प्रयाेग गरिरहेका छन् भने कतिपयले भने व्यावसायिक रूपमा रक्सी बिक्री गर्दै आएका छन् ।

प्रहरीले साेमबार एक हजार एक सय लिटर घरेलु मदिरा नष्ट गरेकाे हाे । यसअघि पनि हजाराैँ लिटर घरेलु मदिरा प्रहरीले नष्ट गर्दै आएकाे छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २८, २०७६  १५:११
प्रतिक्रिया दिनुहोस्
Weather Update