Erani Mahal
भलिबलकाे उपाधि सिद्धेश्वरकाे समूहलाई
DSC_9995

पाल्पा - पाल्पाको छहरामा भएको भलिबल खेलमा सिद्धेश्वर विजयी भएको छ । रैनादेवी छहरा गाउँपालिकाले आयोजनामा भएको भलिबलमा भुवनपाेखरीकाे समूह दोस्रो, साेमादीकाे समूह तेस्रो मुझुङकाे समूह सान्तवना भएको छ ।


वडास्तरीय खेलमा ८ वडाको सहभागिता रहेको थियो । प्रथम, द्वितीय र तृतीय हुने सहभागीले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन् । विजयी टीमलाई गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले पुरस्कार वितरण गर्नुभयो ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष चेतना थापा, प्रमूख प्रशासकीय अधिृकत ज्ञानुराम पन्थी, प्रवक्ता विष्णु पोखरेल लगायतको सहभागिता रहेको थियो ।


खेल अबधिमा रेफ्रीको भूमिका गर्नुहुने नारायण सारु र दिलबहादुर गाहालाई समेत सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन वडा नं. ४ का सचिव रविन्द्र रायमाझीले गर्नुभएको थियो ।

प्रकाशित मिति: मंगलबार, जेठ २८, २०७६  ११:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update