Erani Mahal
विन्डोज सेभेन र विन्डोज एक्सपी  कम्प्युटर मालवेयरको जोखिममा
windowsxp-0762019071822-1000x0

माइक्रोसफ्टले आफ्नो अपरेटिङ सिस्टम विन्डोज सेभेन र विन्डोज एक्सपी प्रयोग गर्ने लाखौं कम्प्युटर मालवेयरको जोखिममा रहेको सार्वजनिक गरेको छ  ।

उसले विन्डोज टेनअघिका सबै अपरेटिङ सिस्टमको सेक्युरिटी अपडेट बन्दको घोषणा गर्दै आफ्ना प्रयोगकर्तालाई विन्डोज टेन प्रयोगका लागि आह्वान गरेको थियो ।विन्डोज सेभेन र विन्डोज एक्सपी प्रयोग भएका कम्प्युटरमा ब्ल्युकिप नामक मालवेयर फैलिएको माइक्रोसफ्टको दाबी छ ।

यो सन् २०१७ मा चर्चित बनेको वानाक्राई मालवेयर जस्तै स्वतः एकबाट अर्को कम्प्युटरमा फैलिने प्रकृतिको भएको जनाएको छ । यो मालवेयरले प्रयोगकर्ताको कम्प्युटरको पहुँच पूर्णतः ह्याकरलाई दिन सक्छ ।

प्रकाशित मिति: आइतबार, जेठ २६, २०७६  ०९:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update