Erani Mahal
अर्चलेमा अपाङ्गता सम्बन्धि सचेतना तालिम
62368934_2329427887298370_5261972091703394304_n

पाल्पा– निस्दी गाउँपालिका वडा नम्बर ६, अर्चले,पाल्पामा अपाङ्गता सम्बन्धि सचेतनामुलक तालिम सुरुभएको छ । निस्दी गाउँपालिका पाल्पाको आर्थिक सहयोग र देउराली सामुदायिक बिकास बहुउद्देश्यीय सहकारी संस्था अर्चले,पाल्पाको आयोजनामा तालिम सन्चालन भएको हो ।


संस्थाका उपाध्यक्ष महेन्द्र बयम्बुको अध्यक्षतामा चलेको कार्यक्रम उद्दघाटन शत्रका प्रमुख अतिथि वडाध्यक्ष मेख बहादुर सुनारी रहनुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडाध्यक्ष सुनारीले निस्दी गाउँपालिकाले सहकारीको माध्यमबाट लक्षित वर्गका लागि योजना तथा कार्यक्रम सन्चालन गर्न थालेको बताउनुभयो ।

उहाँले अगाडि भन्नुभयो सरकार नपुगेको ठाउँमा सहकारी पुगेको छ भन्दै अपांगता भएकाहरुलाई अभिभावकले समेत ध्यान दिनुपर्ने बताउनुभयो ।
अर्चले भित्रका अपाङ्गता भएका ब्यक्तिहरु, अभिभावक, विद्यालयका प्रधानाध्यापक र स्वास्थ्य आमा समूहका ५७ जनाको सहभागिता रहेको छ । तालिममा अपाङ्गता के हो, हुनुका कारण बारे जानकारी गराइएको थियो ।


तालिमको सहजीकरण पाल्पा सिविआरका कृष्ण गहतराजले गर्नुभएको थियो । संस्था व्यबस्थापक अर्जुन बयम्बुको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सन्चालन सचिव होम राई मगरले गर्नुभएको थियो ।

प्रकाशित मिति: शनिबार, जेठ २५, २०७६  १८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update