Erani Mahal
पानीजहाजबाट चीनको रकेट प्रक्षेपण ! (भिडियो सहित)
images_cms-image-000076094

चीनले बुधबार समुन्द्रबाट रकेटको सफल प्रक्षेपण गरेको छ। कार्गो जहाजबाट चीनले रकेटको प्रक्षेपण गरेको हो। यससँगै चीन समुन्द्रबाट रकेट अन्तरिक्षमा पठाउने पहिलो देश बनेको छ ।

समुन्द्रबाट भएको रकेट प्रक्षपण सफल बनेपछि यसले अन्तरिक्ष अभियानले प्रक्षेपण गर्दा जोखिम कम हुने र खर्च कम अनुमान गरिएको छ ।चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासनका अनुसार पीत सागरबाट ‘लङ मार्च ११ वी रकेट’ बेइजिङको समयअनुसार बुधबार मध्यान्ह प्रक्षेपण गरिएको हो।

रकेटमा पाँचवटा व्यावसायिक भू–उपग्रह तथा अनुसन्धानका लागि प्रयोग हुने प्राविधिक सामाग्रीहरु पठाइएको थियो।

प्रक्षेपण भएको छ मिनेटमै ती सामग्रीहरु पृृथ्वीको कक्षमा पुगेको थियो। प्राविधकि सामाग्रीहरुमा विन्ड क्याचर अर्थात् हावाको गति पत्ता लगाउने सामाग्री पनि छ।

यसले माथिबाट विश्वमा रहेका महासागरको हावाको गति र अवस्थाबारे जानकारी दिनेछ। यसले समुद्री आँधी जस्तै गम्भीर प्रकारका प्राकृतिक विपत्तिको बारेमा सूचना उपलब्ध गराउने छ।

(भिडियो)

https://www.youtube.com/watch?v=ewTsift1GR8

यसरी चीनेका मौसम पूर्वानुमानमा थप विश्वसनीय हुने चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासनको दाबी छ।

बुधबार प्रक्षेपण भएको लङ मार्च ११ रकेट चार चरण, ठोस इन्धन रकेट हो। यसको डिजाइन व्यालिष्टिक क्षेप्यास्त्र जस्तै छ।

यसले बेल्ट एन्ड रोड एनिसिएटिभ्स(बिआरआई)का सदस्य देशहरुले व्यवसायीक रुपमा सस्तोमा अन्तरिक्ष प्रक्षेपण सेवा पाउने छ।

यसले पृथ्वीको तल्लो कक्षसम्म ७ सय केजी बोकेर लानसक्छ। बुधबार रकेटले पृथ्वीको कक्षमा छाडेको एक भूउपग्रह लिंकसियोर नेटवर्कको रहेको छ।

यसको योजना पुरा विश्वलाई फ्रि–वाइफाइ प्रदान गर्नु हो। यस कम्पनीले २ सयवटा थप भूउपग्रह प्रक्षेपण गर्ने लक्ष्य राखेको छ।

विश्वका पहिलो समुद्री रकेट लंच प्लेटफर्म रुस, अमेरिका, नर्वे र युक्रेनले निर्माण गरेका थिए। रुस र युक्रेनबीच बढ्दो सैनिक तनावका कारण यसका प्रयोग रोकिएको छ। एससीएमपी

प्रकाशित मिति: बुधबार, जेठ २२, २०७६  १४:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update