Erani Mahal
अफवाह फैलाउने ज्याेतिषी अर्जुन क्षेत्री फक्राउ
arjun-chettri

काठमाडौं - आफूलाई ज्योतिषी भन्ने अर्जुन क्षेत्रीलाई प्रहरीले अफवाह फैलाएकाे भन्दै पक्राउ गरेको छ । विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता दिँदै जेठ महिनाभित्र महाभुकम्प जाने भन्दै विपदसम्बन्धी अफवाह फैलाएको आरोपमा प्रहरीले क्षत्रीलाइ पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले क्षेत्री काठमाडौंको गौशालाबाट पक्राउ गरेको हो । क्षेत्रीमाथि विपदसम्बन्धी अफवाह फैलाएको अभियोगमा अनुसन्धान सुरु गरिएको परिसरका प्रवक्ता होविन्द्र वोगटीले जानकारी दिनुभएकाे छ ।

क्षेत्रीले विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता दिँदै भूकम्पसम्बन्धी अफवाह फैलाएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २१, २०७६  १७:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update