Erani Mahal
निस्दी मित्यालमा शिक्षामा एकीकृत मातृभाषा सम्बन्धि अभिमुखिकरण
61540064_598080807367679_8115776275605356544_n

पाल्पा -निस्दी गाउँपालिका मित्याल, पाल्पामा शिक्षामा एकीकृत मातृभाषा मगर भाषा सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

नेपाल सरकार भाषा आयोग शंखमुल काठमाडौको आयोजना तथा निस्दी गाउँपालिकाको संयोजनमा कार्यक्रम भएको हो।

गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुको अध्यक्षतामा भएको कार्यक्रममा भाषा आयोगका उप सचिब लोकबहादुर लोपचानले कार्यक्रमको उदेश्य तथा प्रतिभा पुनले मातृभाषाको आवश्यकता र महत्त्वको बिषयमा बताउनुभएको थियो।

कार्यक्रममा निस्दी गाउँपालिका शिक्षा शाखा संयोजक नर बहादुर थापाले गाउँपालिकाको शिक्षा क्षेत्रको बस्तुस्थितिको बारेमा जानकारी गराउनुभएको थियो।

कार्यक्रममा निस्दीका ५४ वटा विद्यालका प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो। कार्यक्रमको संचालन सरस्वती आचार्यले गर्नुभएको थियो ।

प्रकाशित मिति: आइतबार, जेठ १९, २०७६  ०९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update