Erani Mahal
अमेरिकामा एक बन्दूक धारीको आक्रमणमा ११ जना मारिए
4471

Preview(opens in a new tab)

एजेन्सी- मेरिकी राज्य भर्जिनियामा बन्दुधकारीले अन्धाधुन्ध गोली चलाउँदा ११ जनाको मृत्यु भएको छ। एक सरकारी भवनमा गोली चल्दा अन्य ६ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

  सोही कार्यालयमा लामो समयदेखि कार्यरत कर्मचारीले गोली चलाएको भर्जिनिया प्रहरीले जनाएको छ। आक्रमणकारीको परिचय खुलाइएको छैन, प्रहरीको जवाफी कारवाहीको आक्रमणकारीको पनि ज्यान गएको छ।

 घाइते ६ जनामा प्रहरी अधिकारी पनि छन्। गोली चलेको थाहा पाएर प्रहरी त्यहाँ पुगेको थियो आक्रमणकारीले प्रहरी माथि पनि चलाएको र जवाफी कारवाहीमा उनी मारिएको प्रहरीको भनाइ छ।अमेरिकामा यो वर्ष भएको यो १५० औँ गोलीकाण्ड हो।

प्रकाशित मिति: शनिबार, जेठ १८, २०७६  १५:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update