Erani Mahal
अबैध कल बाइपासमा संलग्न रूपन्देहीबाट पक्राउ

बुटवल - रुपन्देहीको सिद्धार्थ नगरपालिका–३, काटा गाउँबाट अवैध कल बाइपासमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय मैनुद्धिन धुनियाको घरमा डेरा गरेर बस्ने भारतको महराजगञ्ज थाना नौतवना ग्रामका २६ वर्षीय खुर्सेद अन्सारी रहेका छन् ।

उनले अवैध भीओआईपी प्रयोग गरेर कल बाइपास गरेको खुलेको केन्द्रीय अनुसन्धान ब्युरोका एसपी दिपक रेग्मीले बताउनुभयाे । विशेष सुचनाको आधारमा ब्युरोको टोलीले खुर्सेदको कोठामा छापा मारेर कल बाइपासमा प्रयोग हुने सामग्री पनि बरामद गरेको जनाएकाे छ ।

कल बाइपास गरेर अबैध धन्दा गर्नेहरूलाइ प्रहरीले अनुसन्धान बढाइरहेकाे छ । एसपी पक्राउ परेका अन्सारीमाथि दूरसंचार ऐन, २०५३ अन्तरगत जिल्ला अदालत, रुपन्देहीबाट म्याद थप गरेर अनुसन्धान भइरहेको एसपी रेग्मीले जानकारी दिनुभयाे ।

प्रकाशित मिति: शुक्रबार, जेठ १७, २०७६  १७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update