Erani Mahal
रामपुरमा जनप्रतिनिधिसंग काङ्ग्रेसको अन्तरक्रिया
61423471_2025792717544204_5801469449219342336_n

पाल्पा - नेपाली कांग्रेस रामपुरले काङ्ग्रेस देशव्यापी जनजागरण अभियान अन्तर्गत जनप्रतिनिधि संग अन्र्तक्रिया गरेको छ । स्थानीय चुनाब पछिको विकास र देशव्यापी काङेसको जनलहर अभियानका बिचार र बहसका बारेमा चर्चा गर्दै जनताबिचको लोकप्रियतामा मुद्दा उठानका लागी जनप्रतिनिधि संग अन्तरक्रिया गरेको नेपाली काङ्ग्रेसले जनाएको छ ।

अन्तरक्रियामा रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले नगरको विकासका बारेमा जानकारी गराउदै अझ सहज गरि द्रुत गतिमा विकास गर्न संघ र प्रदेश सरकारको नीति नियमले अल्मल्याएको बताउनुभयो । खरका छाना मुक्त,युवा स्वरोजगार कार्यक्रम, बिजुलीको पहुछ र बाटो, नालामा राम्रो काम भएको बताउनुभयो ।

अन्य जनप्रतिनिधिले आआफ्नो गाउँ ठाउँका बिकासका बारेमा चर्चा गरेका थिए । नेपाली कांग्रेस जागरण अभियानका केन्द्रिय प्रतिनिधि एवं नेपाल जनसम्पर्क मन्च भारतका अध्यक्ष बालकृष्ण पाण्डेले कांग्रेसमा यो अभियानले नयाँ उत्साह थपेको बताउनुभयो ।

देशको अस्तव्यस्तताले हर नागरिकलाई चिन्तित गराएको बताउदै उहाले झुक्किएर पाएको बहुमतको सरकारको खुबी नभएको उल्लेख गर्नुभयो । देशमा घटेका हत्या,हिंसा, लुटले जनता अन्याय र गरिबीमा गड्न बाध्य भएको उल्लेख गर्नुभयो ।

५ नं प्रदेश सांसद तथा कांग्रेस जिल्ला सभापति विर बहादुर रानाले जिल्लामा चलेको जागरण अभियानले काङ्ग्रेस सुध्रिएको बताउनुभयो । पार्टिले उत्साह थप्ने जागरण अभियान चलाएको छ, काङ्ग्रेसका जनप्रतिनिधि नागरिकका सारथि बनेर मन जित्नुहोस् रानाले भन्नुभयो- बिगतमा काङ्ग्रेसकै पालामा ठूला उपलब्धि देशमा आयो अब पनि देशलाई काङ्ग्रेसको खाचो छ ।

नेपाली काङ्ग्रेस रामपुर नगर सभापति नेत्रप्रसाद भट्टराईले अध्यक्षतामा भएको अन्तरक्रियामा रामपुर नगरपालिकाका काङ्ग्रेस बाट निर्वाचित जनप्रतिनिधिको सहभागिता रहेको थियो । अन्तरक्रियाको संचालन पार्टिका नगर सचिव चिरन्जीवी सिग्देलले गर्नुभएको हो ।

प्रकाशित मिति: शुक्रबार, जेठ १७, २०७६  १२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update