Erani Mahal
आँपमा विषादी प्रयोग गरी बजारमा
Nepali_Health_News_Indian_mango_2

लहान- आँपको राजधानी मानिने सिरहामा अहिले भारतको विभिन्न स्थानबाट स्वास्थ्यको दृष्टिकोणले हानिकारक मानिने कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण भइरहेको छ ।

स्थानीय किसानको बगैँचामा फलेको आँप असारको दोस्रो सातापछि मात्र पाक्ने भएपछि व्यापारीले कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण गरिरहेका छन् ।

भारतको विभिन्न स्थानमा रहेका फलफूलका गोदाममा कार्बाइड प्रयोग गरी पकाएका आँपहरु सिरहा सदरमुकामसहित लहान, गोलबजार, मिर्चैयालगायतका शहरमा बिक्री भइरहेको स्थानीयवासीले बताएका छन् ।

यसरी विभिन्न विषादी प्रयोग गरेर पकाइएको आँप स्वास्थ्यका लागि हानिकारक हुने भएकाले खान नहुने स्वास्थ्यकर्मीले बताएका छन् ।

विषादी हालेर पकाइको आँपका कारण स्वास्थ्यमा जोखिम बढेको स्थानीयवासी सन्तोष साहको गुनासो छ । आँपमा विषादी हालेर पकाइएकाले स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले त्यस्तो आँप नखान चिकित्सकको सुझाव छ ।

आँप उत्पादनको दृष्टिकोणले सिरहा जिल्ला अग्रणी मानिन्छ । सिरहामा फल्ने आँप काठमाडौँ, विराटनगर, पोखरासहित मुलुकका विभिन्न शहरका साथै भारतलगायतका अन्य छिमेकी मुलुकमा निर्यात हुँदै आएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ १६, २०७६  १८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update