Erani Mahal
निस्दीमा मौरी पालन सम्बन्धि ३ दिने तालिम सम्पन्र
61606718_575629849628021_3837370047081218048_n

पाल्पा - निस्दी गाउँपालिका पाल्पाको आर्थिक सहयोग तथा गाउँपालिका कृषि शाखाको आयोजनामा मौरीपालन सम्बन्धि ३ दिने तालिम मित्यालमा सम्पन्न भएको छ।

तालिममा मौरीको जीवन चक्र मौरीमा लाग्ने रोग तथा नियन्त्रण गर्ने विधि मौरी छुट्टाउने तरिका लगायतको बिषयमा ज्ञान सीप सिकाइएको थियोे ।

गाउँपालिका उपाध्यक्ष रीता कुमारी अर्यालको अध्यक्षतामा भएको तालिममा निस्दीका २१ जना अगुवा कृषकहरुको सहभागिता रहेको थियो । तालिमको सहजीकरण कृषि शाखा संयोजक नवराज घिमिरे , कृषि प्राविधिक खिमराज कोइराला र पशुपति बस्यालले गर्नुभएको थियो।

प्रकाशित मिति: बिहीबार, जेठ १६, २०७६  १८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update