Erani Mahal
कल्पना भुसालकाे पञ्चेबाजा गीत “बाजा बजाउँदै” बजारमा
61731047_393375704720546_9095061057117880320_n

विकास काफ्ले पाल्पा- नेपाली संस्कार अनुसार विवाहमा अति नै महत्त्व दिइने पञ्चेबाजा र बिबाहको बिषयवस्तुमा आधारित रहेर “बाजा बजाउँदै” बोलको लोक दोहोरी गीत बजारमा सार्वजनिक भएको छ ।

लामो समय देखी साहित्य क्षेत्रमा कलम चलाउदै आएकी बहु प्रतिभाकी धनी गजलकार तथा गायिका कल्पना भुसालले आफ्नो सुमधुर स्वर दिँदै सोही गीत मार्फत आफ्नो सांगीतिक यात्रा सुरुवात गर्नुभएकाे हाे ।

औपचारिक रुपमा पहिलो गीत भए पनि विभिन्न साँस्कृतिक कार्यक्रमहरुमा आफ्नै सृजनाका गीत गाएर कल्पना भुसालले अग्र स्थान हासिल गर्दै आएकी छन ।

चर्चित गायक कृष्ण पौडेल ,हरि के.सी र गायिका कल्पना भुसालको स्वर रहेको बाजा बजाउदै बोलको गीत कृष्ण पौडेलको अफिसियल युट्यूब च्यानल मार्फत बजारमा ल्याइएको छ भने कृष्ण पौडेलकै शब्द तथा बिक्रम न्यौपानेको लयमा गीत सृजना गरिएको छ ।

सागर बिरहीको अडियो एरेन्ज रहेको गीतको म्युजिक भिडियो सुमन थापा मगरको निर्देशनमा निर्माण गरिएको छ जसमा सुमन थापा मगर र अन्जु रानाको उत्कृष्ट अभिनय रहेको छ भने भिडियोलाई सन्तोष बस्यालले छायांकन तथा सम्पादन गर्नुभएकाे छ ।

प्रकाशित मिति: बिहीबार, जेठ १६, २०७६  ०७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update