Erani Mahal
अमर आधारभूत विद्यालय हुमिनको ६२ औं वार्षिकोत्सव सम्पन्न
IMG_2967

पाल्पा– रम्भा गाउँपालिकाका ४ हुमिनमा रहेको अमर आधारभूत विद्यालयको ६२ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ ।


गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयका प्रअ रामप्रसाद खनालले २९ लाख ५६ हजार बरावरको आय व्यय प्रतिवेदन पेश गर्नुभएको थियो ।


कार्यक्रममा रामप्रसाद सिग्देल, कुश्माखर पाण्डे, विष्णु बोमरेल, चेतनारायाण श्रेष्ठ, सुवि विक, मिलन काफ्ले, उर्मिला शर्मा, जमिरा राय यादव, शिक्षा प्रमुख काशिराम बस्याल, दिव्यज्योति माविका प्रअ नारायण अधिकारी, वडा अध्यक्ष ओमबहादुर विक लगायतले विद्यालयको प्रगतिको शुभकामना दिनुभयो ।


शिक्षक मोतीराम हिस्कीको संचालनमा भएको कार्यक्रममा उत्कृष्ठ शिक्षक सीतादेवी पन्थी र षडानन्द पराजुलीलाई सम्मान गरिएको छ । यस्तै पूर्व शिक्षक जीतमान सिंह केसी, राधादेवी आचार्य र भवानीदेवी खनाललाई समेत सम्मान गरिएको छ । कार्यक्रममा पुरस्कार वितरण तथा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति: बुधबार, जेठ १५, २०७६  १८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update