Erani Mahal
निस्दी अर्चलेकाे गोरखनाथ माविका विद्यार्थीलाई शैक्षिक सामग्री बितरण
60982700_879102679097679_6932556864806715392_n

पाल्पा- गोरखनाथ माध्यमिक विद्यालय निस्दी-६,अर्चले,पाल्पामा बालबिकास केन्द्र र कक्षा १ का विद्यार्थीहरुका लागि शैक्षिक सामाग्री बितरण कार्यक्रम आज सम्पन्न भएका छ।

निस्दी गाउँपालिका,पाल्पाको आर्थिक सहयोग र देउराली सामुदायिक बिकास बहुउद्देश्यीय सहकारी संस्था निस्दी-६,अर्चले,पाल्पाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।संस्थाका अध्यक्ष टेक बहादुर सोमैको अध्यक्षतामा चलेको कार्यक्रमको मुख्यपाहुना निस्दी गाउँपालिका पाल्पाका अध्यक्ष मुक्त बहादुर सारु रहनुभएको हो।

कार्यक्रममा बोल्दै मुख्यपाहुना अध्यक्ष सारुले बालबालिकाहरुको शिक्षालाई व्यवहारिक बनाउन अभिभावकहरुको भुमिका महत्त्वपूर्ण रहेको बताउदै स्थानीय सरकारले शिक्षा ऐन बनाउने कार्य भइरहेको बताउनुभयो।कार्यक्रममा वडा नम्बर ६,अर्चलेका वडाध्यक्ष मेख बहादुर सुनारीले अभिभावक र घरपरिवार बालबालिकाहरुको पहिलो पाठशाला रहेको बताउदै विद्यालयमा सिकेका कुराहरुलाई आफ्ना छोराछोरीसंग जानकारी लिनुपर्ने कुरामा जोड दिनुभएको थियो।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर सोमै,अतिरिक्त हुलाक कार्यालय अर्चलेका प्रमुख तोल बहादुर राई,विद्यालयका सहायक प्रधानाध्यापक लाल बहादुर राना,अभिभावक सिर्जना खण्डलु लगायतकाले बोल्नुभएको थियो।

कार्यक्रममा बालबिकास केन्द्रका १२ जना र कक्षा १ का १९ जना गरि ३१ जना विद्यार्थीहरुलाई झोला,कापी र सिसाकलम बितरण गरिएको थियो।संस्थाका उपाध्यक्ष महेन्द्र बयम्बुको स्वागत मन्तव्य बाट शुरुभएको कार्यक्रम संस्थाका सचीव होम राई मगरले गर्नुभएको हो।

प्रकाशित मिति: आइतबार, जेठ १२, २०७६  १८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update