Erani Mahal
रामपुर आधारभूत विद्यालयमा विभिन्न उपसमिति गठन
61312126_1010537209144112_2777750389083078656_n

पाल्पा - रामपुर नगरपालिकाको मुटु वडा नम्बर ५ मटेरीमा रहेको रामपुर आधारभुत विद्यालयमा व्यवस्थापन समितिले पुर्णता पाएको छ भने विभिन्न उपसमिति गठन भएको छ ।

सल्लाहाकार समिति सदस्यहरुमा चिरन्जिवी रेग्मी, निलकण्ठ भण्डारी, नारायण प्रसाद गौतम, जित बहादुर मल्ल, सावित्रा गौतम र राधा भटराई रहनुभएको छ । सोही भेलाले मुकुन्द प्रसाद गौतमको संयोजकत्वमा शिक्षा समिति गठन गरेको छ । समितिको सदस्यहरुमा प्रेम प्रकाश ढकाल र सुभद्रा सिं ठकुरी रहनुभएको छ ।

अनुगमन समितिको संयोजकमा हुमनाथ गौतम चन्द्रकान्त अधिकारी, डिल्लीराम भण्डारी, ठाकुर प्रसाद भटराई रामचन्द्र भट्टराई, खगेन्द्र प्रसाद ढकाल चेत बहादुर कुमाल, गंगा विक. रिमा सुनार रहनुभएको छ ।

त्यस्तै आर्थिक समितिको संयोजकमा दुर्गा प्रसाद पोखरेल र सदस्यहरुमा भुपराज पौडेल कृष्ण खड्का मिना भण्डारी, संजय काफ्ले,विश्वप्रकाश लम्साल चन्द्रा भण्डारी हुनुहुन्छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु गौतमको अध्यक्षतामा बसेको भेलाको सञ्चालन प्रध्यानाध्यापक इशोदा डुम्रेले गर्नुभएको हो ।

प्रकाशित मिति: आइतबार, जेठ १२, २०७६  ०६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update