Erani Mahal
बुद्ध जयन्तीकाे अवसरमा तानसेनमा चित्रकला प्रतियाेगिता सम्पन्न
60067247_169555437375879_2320623847105101824_o

रानीमहल पाल्पा, ७ जेठ । युवक बौद्ध पाल्पा र बौद्ध सेवा समाज पाल्पाको संयुक्त आयोजनामा महाचैत्य विहारमा अन्तर मावि नगर स्तरीय बौद्ध चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । विश्व शान्तिका प्रवर्तक भगवान गौतम बुद्धको २६४३ औं जन्म जयन्ती, २६०८ औं बोधिज्ञान लाभ र २५६३ औं महापरिनिर्वाण त्रिसंंयोग दिवसको पावन उपलक्ष्यमा चित्रकला प्रतियोगिताको आयोजना गरिएको हो ।

बौद्ध सेवा समाज पाल्पाका अध्यक्ष त्रिरत्नलाल शाक्यको अध्यक्षतामा प्रमुख अतिथि श्रामणेर भिक्षु गवेसको, विशिष्ट अतिथि बौद्ध सेवा समाज पाल्पाका संरक्षक चिनियालाल बज्राचार्य र बुद्ध जयन्ती मूल समारोह समिति एवं करुणा बौद्ध संघ होलाङ्गदी बौद्ध विहार तानसेनका अध्यक्ष छत्रराज शाक्यको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।

यस्तै ज्ञानमाला सभा महाचैत्य विहारका अध्यक्ष केशवलाल बज्राचार्य, बौद्ध महिला आजिवन दायक समिति महाचैत्य विहारका अध्यक्ष सुमना शाक्य, महाचैत्य विहार टक्सारका परियत्ति केन्द्रका केन्द्राध्यक्ष देवप्रसाद बज्राचार्य, महाचैत्य विहारका पूर्व अध्यक्ष एवं सल्लाहकार कृष्ण प्रसाद शाक्य लगायतका बौद्ध संस्थाहरु र विद्यालयका शिक्षकहरुको समेत कार्यक्रममा उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि श्रद्धेय श्रामणेर भिक्षु गवेसकोले बुद्ध दिएका ज्ञानको बारेमा जानकारी दिनुभएको थियो । अन्तर मावि नगर स्तरिय बौद्ध चित्रकला प्रतियोगितामा १० वटा विद्यालयका १७ जना छात्र–छात्राहरु सहभागी भएको थियो । प्रतियोगितामा न्यूहोराइजन प्रथम र दोस्रो, तृतीय बृन्दावन एकाडेमीका विद्यार्थी भएका थिए ।

विजेतालाई बुद्ध जयन्ती मूल समारोह समिति तानसेनका अध्यक्ष छत्रराज शाक्यले प्रदान गर्नु भएको थियो । शाक्यले बुद्धको जीवनी र पंच शिल, आर्यअष्टाङ्गी मार्ग बारे चर्चा गर्नु भएको थियो । बौद्ध सेवा समाज पाल्पाका संरक्षक चिनियालाल बज्राचार्यले बौद्ध चित्रकला प्रतियागिताको महत्व पंच शिलको महत्व र भगवान बुद्धको उपदेश बारे ब्याख्या गर्नु भएको थियो ।

युवक बौद्ध मण्डल पाल्पा शाखाका उपाध्यक्ष मदनलाल बज्राचार्यले स्वागत गर्नुभएको कार्यक्रममा संयोजन तथा संचालन सचिव सुरेशमान बुद्धाचार्यले गर्नु भएको थियो भने अध्यक्ष त्रिरत्नलाल शाक्यले कार्यक्रम सफल बनाउन सहयोग गर्नेसबै प्रति धन्यवाद ज्ञापन पछि उक्त कार्यक्रममा पुन्यानुमोदन पश्चात प्रतियोगिता कार्यक्रम समापन भएको सुरेश बुद्धाचार्यले बताउनुभयो ।

प्रकाशित मिति: मंगलबार, जेठ ७, २०७६  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update