Erani Mahal
तानसेनकाे सेन माविकाे ५१  औं  बार्षिक उत्सब
60433966_363260624536796_2614481089976074240_n

विकास काफ्ले पाल्पा ६ जेठ । तानसेन नगरपालिका ६ अमरगञ्ज तानसेन पाल्पा स्थित सेन माध्यमिक बिद्यालयले आफ्नो ५१ औं बार्षिक उत्सव दिवस भब्यताका साथ सम्पन्र गरेको छ।

बार्षिक उत्सव कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक कृष्ण ब. मल्लले १ करोड ८ लाख १ सय २९ रुपैयाँ ६६ पैसा बराबरको बार्षिक शैक्षिक तथा अर्थिक प्रगति प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो।

बार्षिक उत्सब कार्यक्रमै बिद्यालय शिक्षण पेसामा अन्य बिद्यालय तथा क्षेत्रमा लागेको पुर्व शिक्षकलाई सम्मानका साथ बिदाइ गरिएको छ। बिदाइ हुने शिक्षकहरु बिमला कार्की , भविस्वर घिमिरे , अर्जुन बस्याल , सुसिला गैरे , देबि पौडेल , मिना पन्थीहरूलाइ सनिवारै बिदाइ गरिएको छ। एसइइ उत्तीर्ण हुने बिद्यार्थीहरू सबैलाई सेन प्रतिमा पदक, कक्षा गत प्रथम ,द्वितिय , तृतीय १ देखि १२ सम्मका बिद्यार्थीरूलाइ बिद्यार्थी बार्षिक कार्यतालिका अनुसार भएका विभिन्न अतिरिक्त क्रयाकलाप बार्षिक उत्सवको अबरमा भएको कार्यक्रम क्रयाकलाप क्रममा प्रथम द्वितिय तृतीय बिद्यार्थीहरू पुरस्कार प्रदान गरिएको थियो।

कार्यक्रममा रेवन्त ब. औली मिना पन्थी सुसिला गैरे हरिमाया ज्ञवाली डिला खाति शिव बस्याल शुर्य ब. बोहरा भरत खट्की लगायतले तानसेन बजारको नजिकै छ तर पनि सान्त छ तर किन बिद्यार्थी कम छ जिल्लामै हेर्ने हो भने नतिजा पनि उत्कृष्ट नै छ सरै कुरा पुर्ण छ कमि भएको बिद्यार्थीको कमी हो अब बडवा दिनु पर्छ भन्दै बिद्यालय उत्तर उत्तर प्रगति शुभकामना दिएका थिय।

बार्षिक उत्सव कार्यक्रम बिद्यालय ब्यवस्थापन समितिका शिक्षक प्रतिनिधि भोजराज थापाको स्वागत मन्तव्य बिद्यालय ब्यवस्थापन समितिका जेष्ठ सदस्य झित ब. बि. क.को अध्यक्षता र बिद्यालयका साहायक प्रधानाध्यापक भिमलाल बस्यालको संचालनमा बार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको थियो।

प्रकाशित मिति: आइतबार, जेठ ५, २०७६  १८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update