Erani Mahal
त्रिसुलीमा बस खस्दा मृत्यु हुने संख्या ५ पुग्याे
bus-trisuli-finall

धादिङ, ५ जेठ । झापाको काँकडभट्टिाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबस धादङिमा आज बहिान दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको भने एक जनाको उपचारका लागि लैजादैं गर्दा बाटाेमै मृत्यु भएकाे हाे ।

दुर्घटनामा २९ घाइते भएको जल्लिा ट्राफकि प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी निरीक्षक हेमराज घमिरिेले जानकारी दिनुभएकाे छ ।

मृत्यु हुनेमा चन्द्रागिरि नपाका ३५ वर्षीया सीता थपलिया, कन्याम इलामका २० वर्षीय विशाल गिरी, काठमाडौँ जिल्ला थानकोटका ५१ वर्षीय राजकुमार सुवेदी रहेको प्रहरीले जनाएको छ । अन्य दुई जनाको सनाखत भएको छैन ।

ना७ख ४३८७ नंको बस गजुरी गाउँपालकिा–६ बन्छेटारबाट त्रशिूली नदीमा खसेको हो । घाइतेको उद्धारका लागििनेपाली सेना, जनपथ, सशस्त्र प्रहरी र स्थानीयवासी खटएिका छन् । दुर्घटना के कारणले भयो भन्ने खुलेको छैन ।

प्रकाशित मिति: आइतबार, जेठ ५, २०७६  ११:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update