Erani Mahal
भाेलिदेखि 'पाल्पा बगनासकाली शैक्षिक तथा धार्मिक महाेत्सव' हुने
IMG_9623

रानीमहल पाल्पा, ४ जेठ । जिल्लाको बगनासकाली गाउँपालिका–१, चिर्तुङ्धारा घोरबन्दा स्थित राम आधारभूत विद्यालयमा भाेलि आइतबारदेखि शैक्षिक तथा धार्मिक महोत्सव सुरु हुने भएकाे छ । विद्यालयको भौतिक तथा शैक्षिक स्तरबृद्धिका लागि विद्यालयले पाल्पा बगनासकाली शैक्षिक तथा धार्मिक महोत्सवको आयोजना गरेको हो ।


महोत्सव आयोजक समितिका संयोजक तथा राम आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुक्तिप्रसाद बस्यालले गरिब तथा विपन्न समुदायका बालबालिकाले अध्ययन् गर्ने विद्यालयको स्तरउन्नति र भौतिक व्यवस्थापनका लागि ७ दिनको विराट महायज्ञ गरिएको जानकारी दिनुभयो ।

यज्ञमा एक हजार एक सय शान्ति कलश पुजन, धनधान्य दान, भजन कृतनलगायतका कार्यक्रम हुनेछन् । बिहान ७ बजेदेखि साँझ १० बजेसम्म विविध कार्यक्रम हुने आयोजकले जनाएको छ । विराट महायज्ञमा शैक्षिक अभियान्ता तथा पण्डित इश्वर शरण महाराज र नरेश भागवतोपासक सहितको टोलीले संगीतमय कथावाचन गर्ने कार्यक्रम रहेको छ ।

महायज्ञमा सहभागी भएर सबैले शैक्षिक क्षेत्रको विकासका लागि दान तथा सहयोग गर्न आयोजकले आग्रह गरेको छ ।

प्रकाशित मिति: शनिबार, जेठ ४, २०७६  २०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update