Erani Mahal
जेष्ठ नागरिकलाई सम्मान सहित बल्याङ्केट र झुल वितरण
60337843_2373220966225343_7604443556974952448_n

रानीमहल पाल्पा, ३ जेठ । माथागढी–३, का जेष्ठ नागरिकहरूलाई सम्मान तथा परिचयपत्र वितरण गरिएको छ । माथागढी गाउँपालिका ३ नं. वडापालिकाले यहाँका ५० भन्दा बढी
जेष्ठ नागरिकहरूलाई ओढ्ने बल्याङ्केट र लामखुट्टेबाट बच्न झुल समेत प्रदान गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष सन्तोष थापा र प्रमूख प्रशासकीय अधिकृत दिपक नेपालीले बृद्धबृद्धालाई सम्मान सहित बल्याङ्केट र झुल वितरण गर्नुभएको थियो । माथागढी वडा नं. ३ का अध्यक्ष दिपक थापाले जेष्ठ नागरिकहरूलाइ हरेक वर्ष सम्मान कार्यक्रम गर्दै आएको बताउँदै यो वर्ष गाउँपालिकाबाट विनियोजन भएको ५० हजार रुपियाँबाट बल्याङ्केट र झुल वितरण गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमूख अतिथि गाउँपालिकाका अध्यक्ष थापाले राज्यले बृद्धाहरुका लागि बृद्धाभत्ता वितरण गर्दै आएको र अहिले गाउँपालिको बृद्धाहरुलाई केन्द्रित गरेर घर–घरमा स्वास्थ्य सेवा दिएको जानकारी दिनुभयो । यस्तै प्रमूख प्रशासकीय अधिकृत नेपालीले बृद्धबृद्धाहरुबाट पुराना अनुभव युवापुस्ताले सिक्नुपर्ने आवश्यकता औल्याउनुभयो ।


कार्यक्रममा दिव्य ज्योति माविका अध्यक्ष रेखीराम राना, सोही विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद अधिकारीले लामो समय समाजका लागि योगदान गर्नुहुने जेष्ठ नागरिकलाई सबैले सम्मान गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रम जेष्ठ नागरिक सम्मान कार्यक्रमका संयोजक रामबहादुर थापाको अध्यक्षता, वडा सचिव पुनम चिदीको स्वागत र सुकमाया दर्जीको सञ्चालनमा सम्पन्न भएको थियो । साेही अवसरमा जेष्ठ नागरिकलाइ परिचयपत्र समेत वितरण गरिएकाे थियाे ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३, २०७६  २०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update