Erani Mahal
निस्दी पाल्पामा खाम्चा स्मृति प्रतिष्ठानको कार्यालय भवन सिलान्यास
60143566_425888407991276_6346054040878579712_n

धनबहादुर ठाडा पाल्पा ३१ वैशाख । केमबहादुर खाम्चा स्मृति प्रतिष्ठान निस्दी गाउँपालिका मित्याल पाल्पाको कार्यालय भवन एक कार्यक्रमका बिच नेपाल कम्युनिस्ट पार्टी पाल्पाका अध्यक्ष तथा ५ नम्बर प्रदेशका संसद नारायण आचार्यले शिलान्यास गर्नुभएको छ।

प्रतिष्ठानका अध्यक्ष देवीलाल लामिछानेको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा बोल्नुहुँदै संसद आचार्यले मुलुकमा लामो समय पछि जनप्रतिनिधिहरु आएकोले जनप्रतिनिधि र कर्मचारी बिच केही अन्योलता सृजना भएकोमा विकासको कामले लक्ष्य अनुसार गति लिन नसकेको बताउनुभयो ।

साथै उहाँले निर्माण कार्यमा ढिलाइ गर्ने ठेकेदारलाई स्थानीय जन्ताहरुले घच्घच्याउनु पर्छ भन्नुभयो। कार्यक्रममा ५ नम्बर प्रदेशका संसद युवाराज खनाल , निस्दी गाउँपालिका उपाध्यक्ष रिता कुमारी अर्यालले बोल्नुहुँदै स्वार्गिय खाम्चाको सपना नेकपा पार्टीले पुरा गर्नुपर्छ भन्नुभएको थियोे ।

निस्दी गाउँपालिकाको आर्थिक वर्ष २०७५/०७६ को कुल २५ लाख अनुदानमा निर्माण हुन लागेको भवन शिलान्यास कार्यक्रमको संचालन प्रतिष्ठानका सचिव हेम बहादुर खाम्चाले गर्नुभएको थियो ।

प्रकाशित मिति: मंगलबार, वैशाख ३१, २०७६  ०७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update