Erani Mahal
रामपुरमा चुरामा बुटिक भर्ने तालिम सुरु
60041269_2406962059335612_8057746959584198656_n

सीता डोटेल पाल्पा रामपुर ३१ बैशाख । महिला समन्वय समिति रामपुर ५ को आयोजनामा वडाका महिलालाई चुरामा बुटिक भर्ने तालिम शुरु सोमवारबाट सुरु भएको छ ।


तालिमको उद्घाटन गर्दै रामपुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष हिमाल मल्लले सीप सिकेर आफ्नो खुट्टामा उभिन सक्ने र सक्षम हुन सक्यो भने मात्र टोल, गाउँ, वडा, नगर हुुदै देश समृद्ध हुने बताउनुभयो ।


महिलालाई आत्मनिर्भर गराउन वडाले विभिन्न आयआर्जनमुलक सीपमा रकम सहयोग गरेको बताउदै उहाँले तालिममा सिकेका सीपलाई सामुहिक प्रयोग गर्न सके अझ प्रभावकारी हुने बताउनुभयो ।


सोही अबसरमा वडा सदस्य तथा कार्यपालिका सदस्य सावित्रा गौतम, वडा सदस्य तथा न्यायिक समिति सदस्य विष्णु प्रसाद बस्याल, वडा सदस्य मायाँ नेपालीले बोल्दै व्यवसायिक आम्दानीका लागि चुराको मागलाई यस चुरा बुटिकको तालिमले सघाउने बताउनुभयो । तालिममा रामपुर नगरपालिका वडा नं. ५ का विभिन्न टोलका ४२ जना महिलाहरुको सहभागीता रहेको छ ।
४ दिनसम्म चल्ने तालिममा शुस्मिता शर्मा भट्टराईले सीप सिकाउनुहुनेछ ।

महिला समन्वय समिति रामपुर ५ का अध्यक्ष नन्द कुमारी लम्साल सिग्देलको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा समितिका सदस्य सरस्वती सोमैले स्वागत गर्नुभएको थियो भने समितिका सचिव विन्दु श्रेष्ठको सञ्चालनमा कार्यक्रम भएको हो । महिलाको सीपमुलक तालिमका लागि विनियोजित १ लाख रुपँया रकमबाट चुरामा बुटिक भर्ने तालिम चलाइएको वडाले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ३१, २०७६  ०७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update