Erani Mahal
सहकारीको संस्थागत क्षमता विकास सम्बन्धि अभिमुखीकरण
60048004_2357483107868249_3012543623951548416_n

होम राई मगर पाल्पा, ३० बैशाख । निस्दी गाउँपालिका मित्याल,पाल्पामा सहकारीहरुको संस्थागत क्षमता बिकास सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।निस्दी गाउँपालिका मित्याल,पाल्पाको आर्थिक सहयोग र जनबिकास परिचालन केन्द्र,पाल्पाको आयोजनामा कार्यक्रम संचालन भएको हो ।

केन्द्रका अध्यक्ष प्रेम बहादुर बकाबलको अध्यक्षतामा चलेको कार्यक्रमको मुख्यपाहुना निस्दी गाउँपालिका,पाल्पाका अध्यक्ष मुक्त बहादुर सारु रहनुभएको थियो।कार्यक्रममा बोल्दै मुख्यपाहुना अध्यक्ष सारुले सरकार नपुगेको ठाउँमा सहकारी पुगेको छ भन्दै यस वर्ष लक्षित वर्गको बजेट तथा कार्यक्रम संचालन गर्न सहकारी संस्थालाई जिम्मेवारी दिइएको बताउनुभयो।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रीता कुमारी अर्याल,वडा नम्बर-६,झिरुबास,पाल्पाका वडाध्यक्ष लक्ष्मी पाटा लगायतकाले बोल्नुभएको थियो । कार्यक्रममा नर बहादुर सुनारीको अध्यक्षतामा ७ सदस्यीय सहकारी समन्वय समिति समेत गठन गरेको छ ।

समितिका अन्य सदस्यहरुमा चिनुमाया पाण्डे,कुल बहादुर खण्डलुक,दुर्ग बहादुर सोमै,होम राई र मनोज राक्से रहनुभएको छ । हेम बहादुर खाम्चाको स्वागतबाट शुरुभएको कार्यक्रमको सन्चालन देबीलाल लामीछानेले सन्चालन गर्नुभएको हो।

प्रकाशित मिति: सोमबार, वैशाख ३०, २०७६  ०७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update