Erani Mahal
दुबइमा नेपालीहरुको "कोसेली ट्राभल एन्ड टुरिजम" सञ्चालन हुने
60049815_2200601760269938_3111518679976640512_n

रानीमहल काठमाडाैँ, ३० बैशाख । बरदुबईमा नेपालीहरुको "कोसेली ट्राभल एन्ड टुरिजम" खुल्ने तयारीमा । दुबई बरदुबई- वैदेशिक रोजगारीको क्रममा युएई आएका चार जना नेपाली मिलेर दुबईमा कोसेली ट्राभल खोल्ने भएका छन् ।

नेपालीहरुको भेटघाटको केन्द्र मानिने बरदुबईमा आगामी मे १७ शुक्रबारबाट कोसेली ट्राभल संचालनमा आउन लागेको हो । बरदुबई बसपार्क एरियामा रहेको अल राफा पुलिस स्टेसन अगाडिको भवनमा आगामी १७ मे शुक्रबार साँझ ७ बजे कोसेली ट्राभल एन्ड टुरिजमको औपचारिक रूपमा उदघाट्न हुने संचालकले बताएका छन् ।

युएईको सामाजिक गतिविधिमा लामो समयदेखि काम गरिरहेका पर्वत जिल्लाका ओमप्रकाश न्यौपाने, पर्वतकै तिलक सापकोटा, काठमाडौंका राजुराज फुयाल र तनहुँका केबी रायमाझी मिलेर कोसेली ट्राभल एन्ड टुरिजम एलएलसी संचालन गर्न लागेका हुन् । तुलनात्मक रूपमा अन्य ट्राभलभन्दा सस्तोमा हवाई टिकट, भिजिट भिसा, होटेल बुकिङ, धौ क्रुज, डेजर्ट सफारीका अतिरिक्त विदेशीहरुलाई नेपाल भ्रमण प्याकेज पनि कोसेली ट्राभलले उपलब्ध गराउने संचालक ओमप्रकाश न्यौपानेले जानकारी दिएका छन् ।

नेपाल भ्रमण वर्ष २०२० को परिप्रेक्ष्यमा युएईमा स्थापित कोसेली ट्राभलले युएईबाट नेपालका लागि आकर्षक भ्रमण प्याकेज सार्वजनिक गर्ने लक्ष्य लिएको छ । करिब १५ वर्षभन्दा लामो समय युएईमा रोजगार गरेपछि यहाँ आर्जित पेसागत दक्षता, जनसम्पर्क, अनुभव र पैसालाई यहीँ लगानी गरी युएईको नेपाली ट्राभलको क्षेत्रमा नयाँ पहिचान र नेपालीहरुलाई विस्वासिलो, सरल र सस्तो सेवा दिनका लागि कोसेली ट्राभल संचालनमा ल्याएको लगानीकर्ताहरुले बताएका छन् ।

प्रकाशित मिति: सोमबार, वैशाख ३०, २०७६  ०७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update