Erani Mahal
तिनाउँ हरियाली गाउँ लिफ्टिङ्ग खानेपानी आयोजनाको सिलान्यास
59918157_137354604009833_9145811112241922048_n

रानीमहल पाल्पा, २६ बैशाख । तिनाउँ गाउँपालिका वडा नं. २ साविक डढेगाउँ (हरियाली गाउँ) लिफ्टिङ्ग खानेपानी आयोजनाको सिलान्यास गरिएको छ ।


तिनाउकै गौरवको योजना डडेगाँउ लिफ्टिङ खानेपानी योजना हरियाली गाउँमा प्रदेशसभा सदस्य तुलाराम घर्तीले एक कार्यक्रमका बीचमा शिलान्यास गर्नुभयो । प्रमुख अतिथि सांसद घर्तीले संघीयताको मर्म अनुसार प्रदेश सरकार, स्थानीय सरकार र जनताको श्रमदानबाट खानेपानी आयोजना सुरु गरिएकोले समयमै काम सम्पन्न गर्न निर्देशन दिनुभयो ।


१ करोड ९१ लाख लागतबाट आयोजना सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अभिकृत ज्ञानु प्रसाद पनेरुले बताउनुभयो । आयोजनाले २ वडाका २ वटा डिपिआर भएका खानेपानी योजना मध्ये दुर्गम क्षेत्र भएकोले यहाँका नागरिकको आवश्यकतालाई पहिलो प्राथमिकता दिएर फास्ट ट्रयाकमा काम अघि बढाईएको बताउनु भयो ।


गाउँपालिका अध्यक्ष ओम बहादुर घर्तीले स्थानीय सरकारले जनताको चाहना अनुरुप काम अगाडि बढाईरहेको बताउदै तिनाउ सरकार एक घर एक धाराको अभियान मार्फत जनतालाई स्वच्छ पिउने पानी उपलब्ध गराउन लागि परेको बताउनुभयो । उहाँले समृद्ध नेपाल बनाउन सम्भव भएकाले सबैको सहयोग आवश्यक रहेको बताउनु भयो ।


कार्यक्रममा लक्ष्मण बोहराको स्वागत, गाउँपालिका अध्यक्ष ओम बहादुर घर्तीको अध्यक्षतामा वडा अध्यक्ष राजेश श्रेष्ठको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बिहीबार, वैशाख २६, २०७६  १८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update